बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • रानीसैन घटनामा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति

रानीसैन घटनामा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति

  • सोमवार, जेष्ठ ११, २०८३
सेयर गर्नुहोस् :
रानीसैन घटनामा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति  पत्रकार महासंघको आपत्ति

बाजुरा— बाजुराको रानीसैन क्षेत्रमा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनमा खटिएका पत्रकारको सञ्चार सामग्री तोडफोड, लुटपाट तथा भौतिक आक्रमणको धम्की दिइएको घटनाप्रति आपत्ति जनाएको हो।

महासंघका अनुसार जेठ ३ गते रानीसैन घटनाको समाचार संकलनका लागि पुगेका पत्रकार उमेशबहादुर शाहीको ड्रोन क्यामेरा नियन्त्रणमा लिएर तोडफोड गरिएको थियो। साथै पत्रकार जनक बोहरा, अनिल शाही र जीतजंग कटेललाई तीन दिनसम्म सम्पर्कविहीन बनाइएको र उनीहरूले खिचेका भिडियो सामग्री मेटाउन लगाइएको महासंघ बाजुरा शाखाले जनाएको छ। उनीहरू जेठ ६ गते शाखाको सम्पर्कमा आएका थिए बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

त्यसैगरी पत्रकार प्रकाशबहादुर सिंह सहित शाही र कटेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज तथा ज्यान मार्ने धम्कीसमेत दिइएको महासंघले उल्लेख गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सामाजिक अपराधजन्य गतिविधिको कडा भर्त्सना गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

May be a graphic of map and text

चर्चामा

सम्बन्धित समाचार