बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • आइतबार पनि विद्यालय खोल्ने खप्तड छेडेदहको निर्णय

आइतबार पनि विद्यालय खोल्ने खप्तड छेडेदहको निर्णय

  • बुधबार, जेष्ठ ६, २०८३
सेयर गर्नुहोस् :
आइतबार पनि विद्यालय खोल्ने खप्तड छेडेदहको निर्णय

बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार गाउँपालिकाको निर्णयअनुसार सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको बैठकले आइतबार पनि विद्यालय खोलेर पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि २०८२ चैत्र २२ गते पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर गाउँपालिकाले इरान, ईजराइल र अमेरिकाको द्धन्द्धले तेलको मूल्यमा भएको मूल्य वृद्धिलाई मध्यनजर गरी आइतबार बिदाको विषयमा गाउँपालिका क्षेत्रमा यातायातका साधन प्रयोग गरी विद्यालय आवतजावत गर्ने विद्यार्थी तथा शिक्षक नभएको भन्दै आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले २०८२ चैत्र १५ गते निर्माण तथा स्वीकृत गरेको शैक्षिक क्यालेन्डर २०८३ अनुसारको बार्षिक कार्यतालिका निर्माण र शैक्षणिक योजना तयारी तथा संशोधनसहित हप्तामा आइतबार देखि शुक्रबारसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको बताए । गाउँपालिकाको निर्णयअनुसार अब उक्त पालिकाभित्रका सबै विद्यालयहरूले आइतबार पनि नियमित विद्यालय सञ्चालन तथा पठनपाठन गतिविधि गर्नुपर्ने उनले बताए ।

यो निर्णयले विद्यार्थीहरूको नियमित पढाइलाई निरन्तरता दिने अपेक्षाका साथैं अभिभावक तथा शिक्षकहरूले यस कदमलाई सकारात्मक रूपमा लिएका छन् ।

यस्ताे छ सूचना । 

May be an image of text

चर्चामा

सम्बन्धित समाचार