बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपाध्याय हाजिर

त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपाध्याय हाजिर

  • सोमवार, बैशाख २८, २०८३
सेयर गर्नुहोस् :
त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपाध्याय हाजिर

बाजुरा–बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बुद्धिप्रसाद उपाध्याय हाजिर भएका छन् । सरकारले त्रिवेणीको प्रशासकीय अधिकृतको जिम्मेवारी सहित कामकाजका लागि खटाएका उपसचिव उपाध्याय सोमबार नगरपालिकामा हाजिर भएका हुन् ।

यसअघि २०८३ वैशाख पहिलो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कार्यालयमा कार्यरत उपसचिव उपाध्यायलाई उक्त पािलकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाजका लागि खटाएको थियो ।

यस्तै मन्त्रालयले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत शाखा अधिकृत टेक बहादुर मौनीलाई खप्तड छेडदह गाउँपालिकामा खटाएर उक्त पालिकामा दरबन्दी अनुसारको प्रशासकीय अधिकृत खटाएको हो ।

लामो समयपछि दरबन्दीअनुसारकै प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव पाएपछि जनप्रतिनिधि तथा कर्मचारीहरुले उपाध्यायलाई भव्य स्वागत गरेका छन् । यस्तै उपसचिव उपाध्यायको अनुभव, नेतृत्व क्षमता र कार्य कुशलताले पालिकामा सेवा प्रवाहसँगै प्रशासनिक कामकाज व्यवस्थित र प्रभावकारी हुनुका साथैं समग्र विकास निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार