
बाजुरा १६ बैशाख– बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका९ खोयामा चट्याङ पर्दा ३ वटा बाख्राको मृत्यु भएको छ । हिजो मंगलबार साँझ करिब ६ बजे कुल बहादुर साँउदको बाख्रा गोठ नजिकै रहेको मेलको रुखमा चट्याङ पर्दा गोठ भित्र रहेका बाख्राहरू मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए ।
घटना पछि प्रहरी चौकी बडिमालिकामा प्रहरी सहायक निरीक्षक राम बहादुर चन्दको कमाण्डमा ४ जनाको टोली घटना स्थल तर्फ खटिएको प्रहरीले जनाएको छ ।
सुचना अधिकारी शाहीका अनुसार घटना स्थल प्रहरी चौकी बडिमालिकाबाट करिब दुई घण्टा पैदल दूरीमा रहेको छ । चट्याङका कारण बाख्रा मरे पनि यस घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।


