बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

  • शुक्रबार, चैत्र २७, २०८२
सेयर गर्नुहोस् :
खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ मूल्य बढेको छ । त्यस्तै डिजेल र मट्टिलटेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँ बढेको निगमले जनाएको छ ।

पेट्रोलको पहिलो वर्गको २१६ दशमलम ५० पैसा, दोस्रो वर्गको २१८ र तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै डिलेको प्रतिलिटिर पहिलो वर्गको २०५ दशमलब ५० रुपैयाँ, दोस्रोको २०६ र तेस्रोको २०७ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास प्रतिलिसिलिण्डरको २०१० रुपैयाँ पुगेको छ । हवाइ इन्धन प्रतिलिटर २५७ पुगेको छ । निगमले परेको मूल्यअनुसार अझै पनि मूल्य वृद्धि नगरिएको आयल निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक ७ अर्ब ८१ करोड घाटा छ ।

चर्चामा

सम्बन्धित समाचार