बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • उपचार खर्च नपाएर सेतीअस्पतालकाे सैयामा छटपटाउदै बाजुराका प्रकाश नाथ

उपचार खर्च नपाएर सेतीअस्पतालकाे सैयामा छटपटाउदै बाजुराका प्रकाश नाथ

  • बिहिबार, चैत्र २६, २०८२
सेयर गर्नुहोस् :
उपचार खर्च नपाएर सेतीअस्पतालकाे सैयामा छटपटाउदै बाजुराका प्रकाश नाथ

बाजुरा– खप्तड छेडेदह गाउँपालिका वडा न ६ का प्रकाश नाथ उपचार खर्च नपाएर भौतारीरहेका छन । लामो समयदेखी बिरामी भएका उनि सेती प्रादेशीक अस्पतालमा रहेका छन । उनको स्वास्थ्यमा समस्या आएपछि उनि अस्पताल गएका र उनको चेकजाच गर्दा आन्द्रामा समस्या भएको अस्पतालले जनाएको छन ।

आन्द्राको अप्रेशन गर्दा लाग्ने खर्च जुटाउन नसक्दा उनि अस्पतालको सैयामा छटपटाइरहेका उनका आफन्तले बताएका छन । घरको आर्थिक अबस्था कमजोर भएका कारण उनले अप्रेशन गर्न नसकेको उनको पारिवारीक श्रोतले जनाएको छ ।

उनका उपाचारका लागि सहयोगको अपिल गरिएको छ । प्रकाशको अप्रेशन तत्काल गर्नुपर्ने अस्पातलले भनेपछी आर्थिक श्रोत जुटाउन उनको परिवारलाई हैरानी भएको गजेन्द्र नाथले बताएका छन ।

सम्पर्कका लागी 9769998909 9768492336

No description available.

चर्चामा

सम्बन्धित समाचार