बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • विचार/ब्लग
  • राजनीतिमुक्त शिक्षाको शुक्ष्मचित्र

राजनीतिमुक्त शिक्षाको शुक्ष्मचित्र

  • मङ्लबार, चैत्र २४, २०८२
सेयर गर्नुहोस् :
राजनीतिमुक्त शिक्षाको शुक्ष्मचित्र

शिक्षा कुनै पनि राष्ट्रको विकासको मेरुदण्ड हो र त्यहाँ बस्ने जनताहरूको भविष्य बनाउने एउटा सशक्त साधन हो।। विद्यालय विश्वविद्यालय अथवाशिक्षण संस्थाहरू ज्ञान सिप कलाकौशल तथा प्रवृत्ति प्राप्त गर्ने मन्दिर र भविष्यका नागरिक निर्माण गर्ने पवित्रस्थान हुन। तर, वर्तमान परिपेक्षमा नेपालका अधिकांश शिक्षण संस्थाहरू दलीय राजनीतिको भागबण्डा तथा चपेटामा परेका छन। यस्तो अवस्थामा ‘राजनीतिमुक्त शिक्षण संस्था’ को परिकल्पना गर्नु केवल एउटा चाहना मात्र नभएर समयको टड्कारो आवश्यकता बनेको छ जसको सुरुवात वर्तमान अवस्थामा अधिकतम नेपाली जनताहरूले रुचाएको र लगभग दुई तिहाई सिट प्राप्त गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत बनेको सरकारले सुरुवात गरेको छ।। राजनीतिमुक्त शिक्षण संस्था भन्नाले कुनै पनि दलीय स्वार्थ, हस्तक्षेप, भागबण्डा र खिचातानीभन्दा टाढा रहेर केवल शैक्षिक गुणस्तर र विद्यार्थीको हितमा केन्द्रित संस्था बुझिन्छ।
राजनीतिमुक्त शिक्षण संस्थाको सबैभन्दा ठुलो विशेषता भनेको यसको नियमितता हो। जब शिक्षण संस्थामा दलीय दमन र प्रभाव हुँदैन, तब त्यहाँ नचाहिँदा प्रकृतिका अनावश्यक हडताल, तालाबन्दी र जुलुसहरू हुँदैनन्। त्यहाँ काम गर्ने शिक्षक कर्मचारीहरू र सम्पूर्ण विद्यार्थीहरूबाट शैक्षिक पात्रोको पूर्णरूपमा पालना तथा कार्यान्वयन हुन्छ। क्यालेन्डरले तोके बमोजिम शिक्षक तथा कर्मचारीहरुले समयमै विविध कामहरू गर्नुपर्ने र विद्यार्थीहरूले समयमै परीक्षा दिन पाउँछन् र नतिजा पनि समयमै प्रकाशित हुन्छ। चार वर्षको स्नातक तह पूरा गर्न छ वर्ष कुर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ, जसले विद्यार्थीको ऊर्जा र समय दुवैको बचत गर्छ तर obL शैक्षिक क्यालेन्डर प्रभावकारी रुपमा कार्यान्वयन gx’g] xf] eg] यो किसिमकf विकृतिx?को अन्त्य gहुने निश्चित देखिन्छ।
वर्तमान परिपेक्षमा दलीय भागबण्डा र दमन ले गर्दा शिक्षण संस्थामा काम गर्ने शिक्षक तथा कर्मचारीहरूको योग्यता र क्षमताको कुनै पनि मूल्याङ्कन भएको पाइँदैन। मूल्याङ्कनहरू केवल राजनैतिक पार्टीको क्रियाशील तथा संगठित सदस्य र उसले पार्टीको लागि गरेको योगदानका आधारमा गर्ने गरिएको महसुस गर्न सकिन्छ। तर शिक्षण संस्थाहरु राजनीतिमुक्त हुँदा प्रशासनिक र शैक्षिक नियुक्तिहरू ‘भागबन्डा’ का आधारमा नभई ‘योग्यता र क्षमताका आधारमा हुन्छन्। उपकुलपति, क्याम्पस प्रमुखदेखि प्राध्यापक तथा कर्मचारीहरूसम्मको नियुक्तिमा उनीहरूको शैक्षिक योग्यता र अनुसन्धानको योगदानलाई हेरिन्छ। यसले गर्दा संस्थाले सक्षम तथा सबल नेतृत्व र प्रशासन पाउँछ र शैक्षिक गुणस्तर र वातावरणमा सुधार आउँछ। शिक्षकहरू पनि कुनै राजनीतिक दलको ओत लाग्नुभन्दा आफ्नो प्राध्यापन र अनुसन्धानमा बढी कन्द्रित हुन्छन्।
नेपालको विभिन्न शैक्षिक संस्थाहरू, कलेजहरू तथा विश्वविद्यालयहरू विभिन्न राजनैतिक पार्टी तथा सम्बन्धित विभिन्न राजनैतिकपार्टीहरूका विद्यार्थी संगठनहरूको कब्जामा अथवा भागबण्डामा जेलिएको अवस्थामा छन् । राजनीतिमुक्त हुनुको अर्थ विद्यार्थीहरू सामाजिक र राजनीतिक रूपमा सचेत हुनुहुँदैन भन्ने होइन। तर, विद्यार्थी संगठनहरू राजनीतिक दलका ‘भfतृ संगठन का रूपमा रहनु हुँदैन। राजनीतिमुक्त संस्थामा विद्यार्थी युनियनले विद्यार्थीका वास्तविक समस्या, जस्तै पुस्तकालयको सुविधा, शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप र विद्यार्थीको हकहितका लागि मात्र काम गर्छन् तर हाम्रो कहाँ राजनीतिक नियुक्ति, शिक्षक तथा कर्मचारी राख्ने पाटोमा र कमिसनको बाटोमा विद्यार्थी संगठनहरू लम्किरहेको प्रत्यक्ष अनुभव गर्न सकिन्छ। तर विद्यार्थीहरूलाई र शैक्षिक संस्थालाई दलीय प्रभावबाट टाढा राखी विभिन्न किसिमका क्रियाकलापमा संलग्न गराउने हो भने यसले विद्यार्थीहरूमा सिर्जनशीलता, नेतृत्व विकास र आलोचनात्मक चेतको विकास गर्छ, न कि दलीय दासता।
विश्वका उत्कृष्ट शैक्षिक संस्था अथवा विश्वविद्यालयहरू राजनीतिबाट टाढा रहेकै कारण विभिन्न किसिमका अध्ययन तथा अनुसन्धानमा अब्बल छन्। शिक्षण संस्थाहरु राजनीतिमुक्त भएमा प्राध्यापक र विद्यार्थीहरूले स्वतन्त्र रूपमा नयाँ नयाँ विषयहरुमा अध्ययन अनुसन्धान गर्न सक्छन्। यी विभिन्न किसिमका क्रियाकलापमा संलग्न हुने हो भने व्यक्तिको बौद्धिक तथा सामाजिक स्वतन्त्रताको विकास नियमित रूपमा हुने गर्दछ । बौद्धिक स्वतन्त्रताले गर्दा सत्य र तथ्यमा आधारित बहसहरू हुन्छन्। यसले शिक्षण संस्थालाई केवल प्रमाणपत्र बाँडेर जागिर दिने थलो मात्र नबनाई समाजलाई नयाँ दिशा दिने बौद्धिक केन्द्रका रूपमा स्थापित गर्छ।
देशलाई नियालेर हेर्दा शिक्षण संस्थालाई राजनीतिमुक्त बनाउनु चुनौतीपूर्ण विषय भए पनि असम्भव भने देखिँदैन। यसका लागि सरकारको प्रष्ट lgतL तथा कानुन, राजनीतिक दलहरूको प्रतिबद्धता र नागरिक समाजको प्रभावकारी खबरदारी आवश्यक छ। जब शिक्षण संस्थाहरू दलीय दमन प्रभाव स्वार्थको घेराबाट बाहिर निस्कन्छन्, तब मात्र देशले पूर्ण रुपमा दक्ष र नैतिकवान् तथा क्षमतावान जनशक्ति प्राप्त गर्न सक्छ। अन्ततः, राजनीतिमुक्त शिक्षण संस्था नै समृद्ध नेपाल निर्माणको पहिलो आधारशिला हुने प्रष्ट रुपमा देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार