
पदमबहादुर सिंह/ बाजुरा १५ फागुन– लोकतन्त्रको उत्सव मानिने निर्वाचन २०७९ सालमा त्रिवेणी नगरपालिका वडा नम्वर ७ मालाकोटका गगने ऐडीका लागि कहिल्यै नमेटीने घाउमा भएर बल्झिरहने भयो । ०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताबाट भएको हिंसात्मक घटनामा उनका छोरा चेतनदीप ऐडीको ज्यान गयो । चुनाव सकियो, परिणाम आयो, राजनैतिक दलहरुले महिनै पिच्छे सरकार फेरे, तर गगन ऐडीको घरको शून्यता आजसम्म भरिएको छैन । जेन जी आन्दोलन पछि आगामी फागुन २१ गते फेरि प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुन लाग्दा उनी पुन शान्तिपूर्ण वातावरणका लागि अपिल गरिरहेका छन । मेरो छोरा जस्तै अरू कसैले सन्तान गुमाउन नपरोस् ।
बाजुरामा ०४८ यताका हरेक निर्वाचनमा घटना हुँदै आएका छन् । ०५४ को स्थानीय निर्वाचनमा बुढीगंगामा भएको झडपका क्रममा गोली चल्दा एक बालक सहित दुई जनाको मृत्यु भएको थियो । ०७९ मंसिर ४ गतेको प्रतिनिधी सभा सदस्यको निर्बाचनमा अर्का संजीव ऐडीलाई प्रहरीको गाली लागी मृत्यू भएको थियो ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका समय नेपाली काँग्रेश, तत्कालिन नेकपा माओदी र एकिकृत समाजबादी पार्टी र नेकपा एमाले बाजुरा बिच प्रतिस्पर्धा थियो । विभिन्न मतदान केन्द्रमा विवाद, झडप र आरोप प्रत्यारोपका घटना सार्वजनिक भइरहेका थिए । स्थानीयस्तरमा पक्ष विपक्षबीच अविश्वास बढ्दै जाँदा वातावरण संवेदनशील बन्दै गएको थियो । गगने ऐडीका अनुसार नेपाली कांग्रेससँग आवद्ध कार्यकर्ताहरू घर भित्रै पसी चेतनदीपलाई बाहिर तानेर घिर्षदै कुटपिट गररेर मारेका थिए । दाईको चिच्याटलाई परिवारले सुन्नु भन्दा बाहेक केही गर्न सकेनन स्थिति नियन्त्रण बाहिर गएको थियो अन्नत चेतनदीपको मृत्यू भयो ।
घटनापछि मालाकोट क्षेत्र केही समय तनावग्रस्त बन्यो । सुरक्षा निकायले निगरानी बढायो, तर एउटा परिवारको क्षति त्यसले पूर्ति गर्न सकेन । सोही घटनामा २४ जना विरुद्ध मुद्धा अदालतमा दर्ता भयो । प्रहरीले आरोपीतलाई बिभिन्न समयमा पक्राउ गर्यो आरोपीत मध्ये ७ जनालाई बिना धरौटी साधार तारिक, ७ जनालाई धरौटीमा छोड्न आदेश दियो । बाकी १० जना हाला पूर्वपक्षका लागी कारागारमा छन् मुद्धा विचाराधिन अवस्थामा छ । घटना सम्बन्धी मुद्धा अदालतमा विचाराधीन रहेको बताइएको छ । परिवारले निष्पक्ष छानबिन र दोषी माथि कानुनी कारबाहीको माग दोहो¥याउँदै आएको छ ।
अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम विश्वविद्यालय अध्यक्ष समेत रहेका चेतनदीप सामाजिक र राजनीतिक रूपमा सचेत युवा थिए । निर्वाचनलाई उनले लोकतान्त्रिक अधिकारको अभ्यासका रूपमा लिएका थिए । तर चुनावी प्रतिस्पर्धा हिंसामा परिणत हुँदा उनको जीवन अकालमै टुंगियो । हामीले छोरालाई राजनीति सिकायौँ घृणा होइन, गगने ऐडी भन्छन्, तर घृणाले नै उसको ज्यान लियो ।
चेतनदीपको मृत्युले परिवारमा आर्थिक र भावनात्मक दुवै खालको गहिरो असर पारेको छ । छोरा टुहुरो बनेको छ । श्रीमतीको सिउदोको सिन्दुर पुछिएको छ, भाई बहिनी आमा बुवा शाहारा विहिन बनेका छन् । घरको आधार मानिएको छोरा गुम्दा परिवार असहाय बनेको छ । भित्तामा टाँसिएको तस्वीर, उनका प्रयोगका सामान र आँगनको सुनसानले त्यो दिनको सम्झना ताजा गरिरेको बुबा ऐडीले बताउछन । चुनावको चर्चा सुरु हुनासाथ गगने ऐडीको मन फेरि २०७९ तिर फर्किन्छ । सायरनको आवाज, नाराबाजी, भीड देख्दा मुटु काँप्छ, उनी भन्छन् ।
प्रत्येक ५ वर्षमा हुने निर्बाचान जेज जी आन्दोलनले ३ बर्ष नबित्दै फेरि फागुन २१ गते हुँदैछ । राजनीतिक दलहरू प्रचार प्रसारमा व्यस्त छन्, कार्यकर्ता सक्रिय छन्, तर गगने ऐडीका लागि चुनाव उत्सव होइन एउटा परीक्षा हो । उनले सबै दल, उम्मेदवार, कार्यकर्ता र सुरक्षाकर्मीलाई संयमता अपनाउन आग्रह गरिरहेका छन् । निर्वाचनमा हार जित लोकतन्त्रको हिस्सा हो, तर ज्यान जाने खेल हुनु हुँदैन, उनी भन्छन्, चुनावले कसैको घर उजाड्नु हुँदैन ।
ऐडीले आज जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रमुख जिल्ला अधिकारीलाई एक बिज्ञप्ती पत्र बुझाउदै सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरी कडा सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेर गरेका छन् । विशेष गरी घरमै पुगेर हुने आक्रमण जस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी निगरानी र कारबाही आवश्यक रहेको उनको भनाइ छ । स्थानीय वासीले पनि शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा मतदान गर्ने अपेक्षा व्यक्त गरेका छन् । २०७९ को घटनाले निर्वाचन व्यवस्थापन र सुरक्षा संयन्त्रको तयारीबारे गम्भीर प्रश्न उठाएको थियो; यसपटक ती कमजोरी दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने आवाज नागरि स्तरमा उठेको छ ।
चुनाव लोकतन्त्रको आधारस्तम्भ हो, तर जब प्रतिस्पर्धा प्रतिशोधमा बदलिन्छ, त्यसले लोकतन्त्रकै आत्मालाई चोट पु¥याउँछ । चेतनदीप ऐडीको मृत्यु केवल एउटा परिवारको शोक होइन । यो समाजका लागि चेतावनी पनि हो, राजनीतिक मतभेद हिंसामा बदलिँदा मूल्य मानव जीवनले चुकाउनु पर्छ ।
फागुन २१ आउन एक हप्ता बाकी छ मालाकोटको त्यो घरबाट उठेको सन्देश स्पष्ट छ । लोकतन्त्रको नाममा अब कुनै बुबाले आफ्नो सन्तान गुमाउन नपरोस् । गगने ऐडीको अपिल राजनीतिक नारा भन्दा ठूलो छ, यो शान्ति, संयमता र मानव जीवनको सम्मानको आग्रह हो । निर्वाचन सफल तब मात्रै मानिनेछ, जब मतपेटिकासँगै प्रत्येक घरको सुरक्षा र विश्वास पनि सुरक्षित रहनेछ ।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले यो निर्वाचन भएरहित बनाउन हर कोषिस गरेको बताए । बिगतका निर्वानको कमीकमजोरीलाई सिसाईका रुपमा लिएर जिल्ला भरिका सवै निर्बाचन स्थलमा पुगेर आफैले अवलोकन गरेको बताए । साधन स्रोतले भ्याएसम्मको उच्च सुरक्षा अपनाएर ब्यवस्थापन गरिएको बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयर हित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षालाई ध्यानमा राख्दै गएको आइतबार देखि तीन ओटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरिएको बताए । जिल्लाका ७७ मतदान स्थल र १ सय १८ मतदान केन्द्रमा अनुगमन तथा सुरक्षाको प्रत्या भूति दिन संयुक्त सुरक्षा परिचालन गरिएको बताए ।
संयूक्त गस्थिमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएका छन । जिल्लाका ७७ मतदान स्थल मध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको छ । कुल मतदान स्थल मध्ये ८० दशमलव ५१ प्रतिशत अतिसंवेदनशील सूचीमा परेका छन् ।
सुरक्षाका लागि ४ सय भन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी र ३ सय भन्दा बढी नेपाली सेना परिचालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । साथै, १ हजार ६० जना निर्वाचन प्रहरी पनि भर्ना गरि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
