शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • त्रिवेणी
  • बाजुराकाे त्रिवेणीमा लडेर एक जनाको मृत्यु

बाजुराकाे त्रिवेणीमा लडेर एक जनाको मृत्यु

  • शुक्रबार, माघ १०, २०८२
बाजुराकाे त्रिवेणीमा लडेर एक जनाको मृत्यु

बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।

बिहीबार राति ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममा बीच बाटोमा लडेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए।

मृतक थापाको शरीर र टाउँकोमा भित्री चोट लागेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ।  हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार