• होमपेज
  • बडिमालिका
  • मतदान सुरक्षा उच्च जोखिम, बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील

मतदान सुरक्षा उच्च जोखिम, बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील

  • सोमवार, माघ ६, २०८२
मतदान सुरक्षा उच्च जोखिम, बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील

बाजुरा— बाजुरा जिल्लामा रहेका कुल ७७ मतदान स्थलमध्ये ६२ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार अतिसंवेदनशील मतदान स्थलको संख्या कुल मतदान स्थलको ८०.५१ प्रतिशत हुन आउँछ।

अतिसंवेदनशील र संवेदनशील मतदान स्थलहरूमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार मानी सुरक्षा व्यवस्था कडाइ गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्ता मतदान स्थलमा थप सुरक्षाकर्मी परिचालन, निगरानी वृद्धि र विशेष सुरक्षा योजना लागू गरिने तयारी गरिएको छ।

प्रदेश प्रहरी कार्यालयले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिने उल्लेख गर्दै कुनै पनि किसिमका अवाञ्छित गतिविधिमा संलग्न नहुन सरोकारवाला सबैलाई आग्रह गरेको छ।

चर्चामा

सम्बन्धित समाचार