
बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका वडा नं ६ स्थित खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय स्रोतका अनुसार, कालापानीको झुलङ्गे पुल नजिकै आज बिहान एक महिलाको शव फेला परेकाे जनाएका छन। स्थानिय व्यक्तिहरूले शव देखेपछि तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीको टोली घटनास्थलमा पुगिसकेपछि शवको अवस्था र कारणका बारेमा प्रारम्भिक अनुसन्धान सुरु गरेकाे जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय बाजुराले घटनाको थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।
यस घटनामा अझै कुनै स्पष्ट विवरण खुल्न नसकेकोले प्रहरीको अनुसन्धान जारी छ। यस घटनासँग जडित थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएकाे छ।
