शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली राजमार्गको गगने खोलामा पुनः पहिरो, यातायात अवरुद्ध

कर्णाली राजमार्गको गगने खोलामा पुनः पहिरो, यातायात अवरुद्ध

  • बिहिबार, भदौ १९, २०८२
कर्णाली राजमार्गको गगने खोलामा पुनः पहिरो, यातायात अवरुद्ध
फाइल तस्विर

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो खसेको छ ।‎ यसअघि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

‎‎प्रहरीका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । तर त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो ।

लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ।  ‎‎राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूलाई असुविधा भएको छ भने दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ।

चर्चामा

सम्बन्धित समाचार