
बाजुरा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९७ शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ । तीमध्ये अधिकांशलाई पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यससँगै बाजुराका जगन्नाथ गाउँपालिका, गाैमुल गाउँपालिका, र खप्तड छेडेदह गाउँपालिकामा नयाँ शाखा अधिकृतहरु प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा आउने भएका छन ।
जगन्नाथ गाउँपालिकामा दिलिप सुवेदी शाखा अधिकृत, गाैमुल गाउँपालिकामा नवीन पाेखरेल शाखा अधिकृत र खप्तड छेडेदह गाउँपालिकामा घनश्याम अर्याल शाखा अधिकृतहरु प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा आउने भएका हुन । दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वत: रद्ध भएको मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरु बाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । त्यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ ।
