
बाजुरा–बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर अर्का एकजनाको मृत्यु भएको छ । शुक्रवार साँझ ७५ बर्षिय डिल्लीराज घोडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
बर्दियाको ठाकुर बाबा नगरपालिका ४ घर भएका उनि लडेर २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले वताएका छन् । बिहिवार राति मात्र पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको लडेर मृत्यु भएको थियो ।
विप्लब ओझाको हाल गोकर्णश्वर ५ काठामाडौ बस्ने गरेका छन् । उनि ७ सय मिटर तल खोचमा खसेका थिए ।
बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको परिवारले जनाएको छ । मृतक सँग परिवारकै ५ जनाको टिम रहेको प्रहरीले जनाएको छ । बडिमालिकामा आज पुजा लागि रहेको छ । शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लागि रहेको छ । त्यस्तै बुढिनन्दामा पुजा शुरु भएको छ ।


