बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश
  • धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • मङ्लबार, फाल्गुन १९, २०८२
सेयर गर्नुहोस् :
धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे ।

धनुषा निर्वाचन क्षेत्र नम्बर-१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो । आयोगको १८ फागुनको निर्णयले उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो । सो पत्र आयोगले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको अधिकृत बरालले बताए ।

हेर्नुहोस् आयोगको पत्र:

चर्चामा

सम्बन्धित समाचार