
नजिकै खोलाको किनारामा
लाश जलिरहेको थियो
खै कस्को थियो त्यो लास
तर मलामीहरू झुत्रेझात्रे थिए
टुटेका चप्पल लतार्दै
ठेला परेका अंठिला हत्केलाले
छोपेको लामो त्यो बाँसको डन्ठा
जलिरहेको लासमा चाँदेका दाउरा
बाँसको एउटा लामो डण्डाद्वारा
चलाउँदै थियो र भिजेका आँखले
नजिकै बस्तिमा चलेको डोजर तिर
घरी घरी नियालिरेको थियो।
साहेद ऊ जीवित भएर होला
मुर्दा जस्तो चुपचाप जलिरहेको थिएन
जलेको त थियो ऊ भित्रभित्रै
व्यवस्थाको बिरूद्धमा आक्रोश
तर मुर्दाको चिताबाट उठेको धुवाँ
आकास ढाक्दै थियो
बादलको साथि बनेर चुपचाप
जल्दै गयो जल्दै गयो
मलामिहरू पनि तितरबितर हुँनथाले
तर केही बसेकाहरू मलिन थिए
लाश सँगको साइनो त
धुवाँमा आकाससम्म पुगेको थियो
तर जीवनसँगको साइनो त अँझै
पनि बाँकिनै थियो
त्यो डोजरको आवाजमा चलेको
स्वासको गति धक धक धक
अनि गर्लाम गुर्लुम्म भत्किएका
टहराहरू दोवानको नजिकै
मलामिहरू घाम पानीबाट
जोगिन ओटलाग्ने टहराहरू
भङ्गनावेशमा परिणित भएकाथिए
यस्तो लाग्न थाल्यो त्यो चिताको
धुवाँ हो वा टहरा भतकिकेको
धुलो खै केहो ?
मरेको मानिस जलाउँदा उठेको धुवाँ हो की
जिउँदा मानिसहरूको हृदयबाट उठेको
आक्रोशको ज्वालाबाट उठेको धुवाँ हो।


