शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • देश
  • मुख्यमन्त्री शाहको एक वर्ष

मुख्यमन्त्री शाहको एक वर्ष

  • बुधबार, साउन २२, २०८२
मुख्यमन्त्री शाहको एक वर्ष

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको एकवर्षे कार्यकाल राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको बताएका छन्।

सरकार गठनको एक वर्षको अवधिमा भएका उपलब्धि सार्वजनिक गर्न आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा राजनीतिक स्थायित्व प्रत्याभूति गरिएकाले सरकार सञ्चालनका साथै विकासका गतिविधिलाई तीव्रता दिन उपयुक्त र भरपर्दो आधार निर्माण भएको बताए। उनले भने, “सरकारले कार्यान्वयनमा ल्याएका योजना कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा एवं भरोसाको सञ्चार गरेको छ, विगतका कमीकमजोरी सुधार गरी सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भएर सरकार क्रियाशील छ।”

अछामको बयलपाटा अस्पताल, कैलालीको लम्कीचुहा अस्पताल र डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति तथा सञ्चालनको प्रक्रिया अघि बढेको जस्ता गतिविधिलाई पनि उपलब्धिमा समेटिएको छ।
साभार :- दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार