शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

  • आइतवार, जेष्ठ १९, २०८२
राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

दैलेख १८ जेठ– राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राउटे समुदायका युवतीहरूलाई गलत नियतसहित दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाहीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।

राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी आएपछि टोपेन्द्र शाहीलाई घरबाटै पक्राउ गरी सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक देवीराम भण्डारीले बताउनुभयो ।

१५ सकेन्ड लामो उक्त भिडियोको चार दिनअघि सार्वजनिक भएपछि अधिकारकर्मीहरुले उजुरी गरेपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार