
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका ३ मा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी अभिमुखीकरण गरिएको छ । ३ नम्बर वडा कार्यालयको आयोजना र एकिकृत विकास समाज नेपाल (आइडीएस) को समन्वयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो 
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गतका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइडीएसद्धारा पालिकामा सञ्चालित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि वडाका सरोकारवालाहरुलाई अभिमुखीकरण दिइएको जनाएको छ । त्यस्तै अभिमुखीकरण कार्यक्रममा विद्यालय स्वास्थ्य तथा पोषणका कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना निर्माण गरिएको बताइएको छ ।
आइडीएस पालिका प्राविधिक सहायक माया बिष्टले अभिमुखीकरणमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन तथा अनुगमन, विद्यालयमा पोषण सप्ताह, भान्सा घर निर्माण लगायतका विषयमा छलफल भएको बताइन् । उनले आइडीएस र पालिकाको संयुक्त लगानीमा वडाहरुमा भान्सा घर निर्माण भइरहेका बताइन् । त्यस्तै उनले सो वडामा जेठ ५ गतेदेखि विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइने जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिर्क बहादुर रावतले आइडीएसबाट सञ्चालित कार्यक्रमहरुलाई थप प्रभावकारी बनाएर कार्यान्वयनका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा वडाका ५ वटा विद्यालय प्रधानाध्यापक, फोकल शिक्षक, विव्यस, जनप्रतिनिधि लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो ।
