
बाजुरा– बाजुराको गौमुल गाउँपालिका जोड्ने घट्मुना नदिमा गाडी गुड्ने पक्कि पुल निर्माणको कार्य अझै सुरु हुन सकेको छैन् । सम्झौता भएको तिन बर्ष वितिसक्दा पनि अहिले सम्म काम शुरु नभएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाको बिचमा पर्ने बुढिगंगा नदि अन्तर्गत घट्मुना नदिमा पक्कि पुल निर्माणका लागि २०७९ साल बैशाख ४ गते सम्झौता भएको थियो । उक्त ठाउँमा पुल निर्माणका लागि स्थानिय पुर्वाधार विकास आयोजना कार्यलय धनगढीले टेन्डर शुरु गरेको थियो । सम्झौता भएको लामो समय भइसक्दा पनि सम्बन्धित निकाय बेखबर बनेको गौमुल गाउँपालिका २ का वडा अध्यक्ष देब बहादुर रोकायाले वताएका छन् ।
सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पुल निर्माण कार्य शुरु भएको हो । संघिय मन्त्रालय अन्तर्गत स्थानिय पुर्वाधार बिकास आयोजना कार्यलय धनगढीले घटमुना नदिमा पक्कि पुलका लागि ७ करोड ४८ लाख ४३ हजार ५ सय १६ रुपैयाँमा बोलपत्र आव्हान गरेको थियो । ठेक्का एआर चन्द गुरुप जेभी कञ्चनपुरले ठेक्का पाएको थियो । कार्यलय र कम्पनी बिच ४ करोड १ लाख २२ हजारर ४ सय चौरासीमा ठेक्का सम्झौता भएको थियो ।
कम्पनीले काम शुरु गर्ने भनेर ३५ लाख पेश्की समेत लिएको स्थानिय पुर्वाधार बिकास आयोजना कार्यलय धनगढीका इन्जिनियर जगदिश बिष्टले वताएका छन् । सम्झौताका बेला २ बर्ष भित्र काम सक्ने रहेको थियो । फेरी कार्यलयले १ बर्ष म्याद थप गरेर २०८२ बैशाख मसान्त सम्म थपेको छ तर काम अहिले सम्म शुरु भएको छैन् । ठेकेदार समयमै सम्पर्कमा नआएकोले काम हुन नसकेको कार्यलयले जनाएको छ ।
बाजुराको सदरमुकाम मार्तडी बाट गौमुल गाउँपालिकाको कार्यलय घटमुना सम्म १२ किलोमिटर रहेको छ । गाउँपालिकाको कार्यलयमा पुग्न २ वटा नदि रहेका छन् । मार्तडी नजिकै रहेको बाहुली खोलमा सडक डिभिजन कार्यलय साँफेले यो भन्दा पहिला नै ठेक्का खोलेपनि काम हुन सकेको छैन् । घटमुनामा पक्कि पुल निर्माण भए सँगै गौमुल गाउँपालिकामा मात्र नभइ सडक सञ्जालमा बाजुरा बाट छोटो बझाङ्ग जिल्ला जोडने एक मार्ग पनि रहेको छ ।
घटमुना नदि गौमुल गाउँपालिका र बडिमालिका नगरपालिका जोडने नदि हो । बाजुराको सदरमुकाम मार्तडी बाट गौमुल गाउँपालिकाको कार्यलय सम्म जोड्ने १२ किलोमिटर मध्ये ६ किलोमिटर कालोपत्रेको काम शुरु भइसकेको छ । तर त्यो काम पनि अलपत्र अबस्थामा रहेको छ । प्रदेश सरकार अन्तर्गत पुर्वाधार विकास कार्यलय साँफेबगर बाट कालोपत्रे काम भइरहेको छ ।
१२ किलोमिटर बाटो कालोपत्रे सम्पन्न सँगै दुइवटा नदिमा पक्कि पुल बनेपछि गाउँपालिकामा बाजुराको सदरमुकाम मार्तडी बाट बाह्रै महिना सडक सञ्जालमा जोडिने थियो । तर पुलको काम नै शुरु नभएको स्थानिय बल बहादुर रोकायाले वताएका छन् । बाजुरामा धेरै आयोजना सम्झौता भएको लामो समय सम्म पनि काम शुरु हुन सकेको छैन् ।
