• होमपेज
  • कोशी प्रदेश
  • पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • सोमवार, पुस ८, २०८१
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : सुदूरपश्चिम  प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने आज साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हुने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।साथै तराई लगायत पहाडी भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ साथै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।

चर्चामा

सम्बन्धित समाचार