• होमपेज
  • कोशी प्रदेश
  • पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ?

पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ?

  • सोमवार, पुस १, २०८१
पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ?

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा १३ जना महिलासहित ५२ जना निर्वाचित भएका छन् । यीमध्ये केही निर्विरोध भएका छन् । आइतबार राति प्रकाशित अन्तिम नतिजा अनुसार निर्मला शर्मा महासंघकी प्रथम महिला अध्यक्ष बनेकी छिन् ।

पत्रकार महासंघको चुनावमा नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनले आपसी गठबन्धन गरेका थिए । यसअनुरुप एमाले निकट शर्मा अध्यक्षमा निर्वाचित भइन् भने कांग्रेस निकट रामप्रसाद दाहाल महासंघमा निर्वाचित भए । महासंघका निवर्तमान उपाध्यक्ष रमेश विष्ट बागी उम्मेदवारका रुपमा माओवादी निकट प्रेस संगठनको साथ लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

विष्टको प्यानल पराजित भए पनि कोषाध्यक्षमा भने कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी निकट रामकृष्ण अधिकारीले जितेका छन् । त्यस्तै धेरैवटा पदमा ‘बागी’ उम्मेदवारहरुले जितेका छन् । जस्तो– प्रदेश एशोसिएट सदस्यमा बागी उठेको भन्दै एमाले नेता पार्वत गुरुङको समेत खप्की खाएकी मनुका कुँवरले जित हासिल गरेकी छिन्।

हेर्नुहोस् चुनावी नतिजा–

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार