काठमाडौं– अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार दुई सातादेखि अण्डाको मूल्य क्रमश: बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) चार सय ७० र मझौलाको चार सय ५५ कायम गरिएको छ ।
पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए । उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमश: घटेको थियो ।
मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए । हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।