शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाज
  • उपचार र संरक्षण अभावमा दुई भाइबहिनी बिचल्लीमा

उपचार र संरक्षण अभावमा दुई भाइबहिनी बिचल्लीमा

  • शुक्रबार, मंसिर ७, २०८१
उपचार र संरक्षण अभावमा दुई भाइबहिनी बिचल्लीमा

टेक बहादुर बुढा —बाजुराको खप्तड छेडेदह गाउँपालिका १ रानकाँडामा उपचार तथा संरक्षण अभावमा दुई भाइबहिनी बिचल्लीमा परेका छन् । बुवाको मृत्यु र आमाले दोस्रो बिहे गरेपछि अहिले  उनीहरु रोग पालेर घरमै बसिरहेका छन् ।

 अलपत्र पर्नेमा ६ बर्षकी सुरता रोकाया र ५ बर्षका बिबेक रोकाया रहेका छन् । अहिले उनीहरु वृद्व ६६ बर्षिय बज्यै राजु रोकायाको साहारामा रहेका छन् । उनीहरुको पुरै शरिर पाकेको छ, शरिर भरी खटिरा र घाउ रहेका छन् । यसलाई गाउँघर तिर लुतो भन्ने गरेका छन् । पुरै शरिर नै संक्रमणमा रहेको स्थानिय दान बहादुर रोकायाले बताएका छन् । महिनौ देखि शरिर चिलाउने पाक्ने भएपनि पैसा नपाएर गाउँमै अलपत्र रहेका छन् ।

अलपत्र बच्चाका बुवा ददि रोकाया दुइ छोरा र श्रीमति बुदि रोकायालाई लिएर १ बर्ष पहिले भारत कमाउनका लागि गएका थिए । गत साउन महिना ददि रोकायाकी श्रीमतिले श्रीमान र दुई छोरा छोडेर दोस्रो बिहे गरेर भागेकी थिईन् । श्रीमतिले अर्को बिहे गरेको २ महिना पछि ददि रोकायाकाे उपचारका क्रममा भारतमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि दुइ भाइबहिनी भारतमा अलपत्र परेका थिए । अलपत्र भाइबहिनीलाई आफन्तले उद्धार गरेर बाजुरा ल्याएका थिए ।

वृद्व बज्यैलाई दुई नाबालक नाति नातिनीको उपचारमा खर्च गर्न एक सुक्का पनि पैसा नभएको बताईन् । पैसा नभएपछि गाउँमै जडिबुटिको साहारामा उपचार गर्न खोजेपनि सञ्चो हुनुको साटो झन झनै बल्झिएको राजु रोकायाले बताईन् । उनको उपचारका लागि हारगुहार गरेपनि कसैबाट सहयोग नभएको उनको दुखेसो छ । राजुका श्रीमान बुदे रोकाया पनि बिरामीले थला परेका छन् ।

तत्काल दुई भाइबहिनीको उपचार आवश्यक रहेको छ । त्यो सँगै उनिहरुको संरक्षण तथा पठनपाठनको आवश्यक रहेको स्थानिय दान बहादुर रोकायाले बताए । उपचार त टाढाको बिषय हो, लगाउने लुगा र खाने खाद्यन्न समेत नभएको उनले बताए । दुई भाइबहिनी विद्यालय समेत नजाने गरेका छन् । वृद्व बज्यैले रुदै भनिन्, अरुका लुगाफाटा मागेर शरिर ढाक्ने गरेका छौ । खाद्यान्न पनि मागेर गुजारा गर्ने गरेको बताईन् । उनले उपचार पालनपोषण तथा शिक्षादिक्षामा सहयोग गर्न आग्रह गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार