बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा दसैँ-तिहारमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ६ घाइते

बाजुरामा दसैँ-तिहारमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ६ घाइते

  • शनिबार, कार्तिक २४, २०८१
बाजुरामा दसैँ-तिहारमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ६ घाइते

टेक बहादुर बुढा– दसैँ-तिहारको अवधिमा बाजुरा जिल्लामा ४ वटा सवारी साधनहरू दुर्घटना भएका छन् । असोज १७ गते घटस्थापना देखि कार्तिक २२ गतेसम्म जिल्लाभर ४ वटा सवारी दुर्घटना भएका हुन् । त्यस्तै दशैँ तिहारमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव बहादुर चौधरीका अनुसार चाडपर्वमा जिल्लामा ४ वटा मोटरसाइकल मात्रै दुर्घटनामा परेका छन् । असोज २५ गते जिल्लाको बडीमालिका नगरपालिका ९ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान विनोद विश्वकर्मा सवार र प्रहरी जवान नविन थापाले चलाएको सु.प.प्र०३-००१प०४६८ नम्मरको मोटरसाइकल मोडमा चिप्लेर दुर्घटनामा दुवै जना घाइते भएका थिए ।
त्यसै गरी असोज २६ गते हिमाली गाउँपालिका ६ धिम-धुलाचौर सडकखण्डको बोल्ढिकमा वडा नम्बर ६ बस्ने सन्तोष पाण्डेले चलाएको बा८३ प ९७६५ नम्बरको मोटरसाइकल एक्कासी अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सहित पछाडि सवार सोहि ठाउँका प्रेमलाल पाण्डे र प्रविन ऐडी घाइते भएका थिए ।
त्यस्तै कात्र्तिक ७ गते जिल्लाको जगन्नाथ गाउँपालिका ५ स्थित कर्णाली राजमार्गमा कालिकोटबाट बाजुरा आउँदै गरेको कालिकोट सान्नित्रिवेणी गाउँपालिका ८ बस्ने खेमराज बुढाले चलाएको क.प्र०२-००१ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परि मोटरसाइकलमा सवार जगन्नाथ गाउँपालिका ४ बस्ने खडक भण्डारी घाइते भएका थिए भने चालक बुढाको शव एक दिनपछि प्रहरीले सडकबाट करिब ३ सय मिटर तल भिरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै कात्र्तिक १५ गते बडीमालिका नगरपालिका ९ जिउलामा सोहि नगरपालिकाको वडा नम्बर ८ रावलवाडा बस्ने बल रावलले चलाएको बा.७१ प १८६ नम्बरको मोटरसाइकलले जिउला बस्ने अन्दाजी ४५ बर्षीया किजी थापालाई ठक्कर दिँदा घाइते भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय बाजुराले चाडपर्वको समयमा अन्य विगतका बर्षहरुको तुलनामा यस बर्ष जिल्लामा सवारी दुर्घटना निकै न्यून भएको जनाएकाे छ ।
चाडपर्वको समयमा सवारी साधनको चाप बढी हुने, तीव्र गतिमा सवारी चलाउने, अनियन्त्रित, यात्रु क्षमता दोब्बर हुने लगायतका कारण दुर्घटनाहरू हुने गरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार