• होमपेज
  • बाजुरा बिशेष
  • अवरुद्ध सडक चाडपर्व अगावै खुलाउने खप्तड छेडेदह गाउँपालिकाको तयारी

अवरुद्ध सडक चाडपर्व अगावै खुलाउने खप्तड छेडेदह गाउँपालिकाको तयारी

  • मङ्लबार, अशोज ८, २०८१
अवरुद्ध सडक चाडपर्व अगावै खुलाउने खप्तड छेडेदह गाउँपालिकाको तयारी

बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिकाले बर्षामा अवरुद्ध सडक चाडपर्व अगाडि नै खुलाउने तयारी गरेको छ । जिल्लाका विभिन्न व्यापारीक केन्द्रबाट गाउँपालिकाको केन्द्र, वडा हुदैँ गाउँ गाउँ जोड्ने सडकलाई तत्कालै सुचारु गर्ने गरी काम थालेको हो ।

गाउँपालिकाको ७ वटै वडासम्मका सडकहरु बर्षायाममा भत्किएर यातायात सेवा अवरुद्ध भएर स्थानीयहरुलाई समस्या भएको भन्दै नजिकिदै गरेको चाडपर्वलाई पनि लक्षित गर्दै सडक सुचारु गर्ने काम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।

चाडपर्वमा यातायात सेवालाई सहज बनाउन तथा पालिकमा आएका गुनासोलाई मध्यनजर गर्दै गाउँपालिकाले टेण्डरबाट ढिलाई हुने भन्दै सबै वडामा उपभोक्ता समिति गठन गरेर सडक सुचारु गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले बताएका छन् । उनका अनुसार समिति गठनपछि सडक मर्मत कार्यमा अनिवार्य प्राविधिक खटाएर वडाका जनप्रतिनिधिको अनुगमन पछि मात्रै काम अनुसारको भुक्तानी दिने भएको छ ।

गाउँपालिकाको भदौ १७ गतेको उपभोक्ता समिति गठन सम्बन्धी सूचनामा भएका व्यवस्था बमोजिम समिति गठन गरेर प्राविधिक लागतको आधारमा ५ दिन भित्र कार्यालयमा आएर सम्झौता गरी तत्काल काम सञ्चालन गरि आवतजावतमा सहजता गर्न आग्रह गरेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार