बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ
  • स्याउबारी राताम्मे, सडक बन्दले ढुवानीमा समस्या हुने चिन्तामा किशान

स्याउबारी राताम्मे, सडक बन्दले ढुवानीमा समस्या हुने चिन्तामा किशान

  • बिहिबार, साउन २४, २०८१
सेयर गर्नुहोस् :
स्याउबारी राताम्मे, सडक बन्दले ढुवानीमा समस्या हुने चिन्तामा  किशान

बाजुरा– सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामध्ये सबैभन्दा बढी स्याउ उत्पादनको पकेट क्षेत्रका रूपमा बाजुरा चिनिन्छ । पछिल्लो समय स्याउ उत्पादन बढ्दै गएको भए पनि स्याउको बजारीकरण हुन नसक्दा किसानको बारीमा फलेका स्याउले सोचेजस्तो आम्दानी गर्न सकेका छैनन् ।  वर्षातका कारण सडकको पहुँच नहुँदा स्याउ बोटमै झरेर कुहिएर जाने गरेका छन  भने कतिपय स्याउ गाईवस्तुलाई खुवाउनु पर्ने बाध्यता  छ । बारीबाट पिठ्युँमा बोकेर ल्याएको स्याउ बजारमा ल्याउँदा कृषकले उचित मूल्य समेत पाउन सक्दैन। बाजुराको पाण्डुसैन गाउँका बारीमा स्याउ लटरम्म फलेका छन । हरेक बोटमा हाँगै भाँचिने गरी स्याउका दाना झुलेका छन् । लटरम्म फलेर राताम्मे स्याउ बारीको दृश्य मनमोहक देखिन्छ ।

  गाउँसम्म सडक त पुगेको छ, तर स्याउ फल्ने सिजनमै सडक बन्द हुने भएकाेले स्याउ त फल्यो बजारसम्म गएर बिक्री गर्न समस्या भएकाे किसानहरुले बताउने गरेका छन । पाण्डुसैनबाट मार्तडी आउने कोल्टी जाने दुवैतिरको सडकमा पहिरो गएर बर्षायाम सुरु भएदेखि यातायात सेवा अवरुद्ध भएकाले  स्थानीय बजारसम्म पनि ढुवानी गर्न सक्ने अवस्था छैन । पाण्डुसैनदेखि कोल्टी जाने सडकमा दानसाँघु लगायतका ठाउँमा सडक यातायात चल्न नसक्ने अवस्था छ भने सदरमुकाम मार्तडीतर्फ आउने सडकमा २/३ ठाउँमा सडक अवरोध छ ।

बडिमालिका नगरपालिका ७ जिल्लीमा गएको पहिरो र रजातोली, बाउली लगायतका  नदीमा पुल नहुँदा मार्तडी–कोल्टी सडक अवरुद्ध छ । ‘फल पाकेर झर्न थालेको र झरेका दाना कुहिएर जान थालेपछि पशु चौपायालाई खुवाउनु परेको किसानहरु बताउछन। ‘बजारसम्म पुर्‍याउन सकिएन भने उत्पादन गरेर मात्र नहुने रहेछ किसान किसानकाे भनाइ रहेकाे छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले अहिलै किसानका बारीमा स्याउ नपाकि सकेकाले भदौंको दोस्रो सातासम्म पाक्ने र त्यतिबेला सम्म ढुवानीका लागि सडकखण्ड खोल्न सकिने बताएका छन । कृषि ज्ञान केन्द्रको कुनै कार्यक्रम नभएपनि आफूले स्याउ उत्पादनको अवस्था र बजारीकरणको अवस्था बुझ्न बारीमै पुगेर किसानको समस्या बुझ्ने प्रयास गरिएको बताएका छन । स्याउको विभिन्न जात हुने भएकाले कोहि छिटो र कोहि ढिलो पाक्ने भएर पाक्दै झरदै हुनाले स्याउ बारी व्यवस्थापनमा कृषकहरुलाई समस्या हुने गरेको उनले बताए । कार्यालय प्रमुख उपाध्यायका अनुसार गत बर्षको तुलनामा यस बर्ष जिल्लामा स्याउ उत्पादन वृद्धि हुने बताएका छन । बाजुराको स्याउको स्थानीय तह तथा कृषि ज्ञान केन्द्रको समन्वयमा जिल्ला भित्र सहित धनगढी, नेपालगंज महेन्द्रनगर लगायतका ठाउँमा निर्यात हुदैँ आएको छ ।

चर्चामा

सम्बन्धित समाचार