• होमपेज
  • बडिमालिका
  • बाजुरामा ६३ हजार बढी पशु चौपायालाई खोप लगाइयो

बाजुरामा ६३ हजार बढी पशु चौपायालाई खोप लगाइयो

  • शनिबार, साउन १९, २०८१
बाजुरामा ६३ हजार बढी पशु चौपायालाई खोप लगाइयो

टेक बहादुर बुढा– बाजुरामा गत आर्थिक बर्षमा ६३ हजार ६ सय ५० पशु चौपायाहरुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले गत आर्थिक बर्ष २०८०।०८१ मा जिल्लाका नौ वटै स्थानीय तहका गाईगोरु, भैसीं, राँगा तथा भेडा बाख्रा लगायत पशु चौपायाहरुलाई विभिन्न रोगविरुद्धका खोप लगाएको हो ।
विज्ञ केन्दका प्रमुख सिद्धराज जैशीका अनुसार एक बर्षमा ६३ हजार ६ सय ५० पशु चौपायाहरुलाई खोप लगाइएको बताएका छन । उनका अनुसार ४५ हजार भेडा बाख्रालाई पिपिआर, ५ हजार गाईगोरु, भैसी तथा राँगालाई खोरेत विरुद्धको खोप, ५ हजार पशु चौपायालाई एचएसबीक्यु खोप, ८ हजारलाई लम्पीस्किन रोगविरुद्धको खोप र ६ सय ५० कुकुरलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ । रेविज रोग नियन्त्रणका लागि ८० वटा कुकुरको बन्ध्याकरण गरिएको र जिल्लामा कुखुरालाई भने कुनै पनि खोप नलगाइएको कार्यालय प्रमुख जैशीले बताए । जिल्लामा गत बर्ष सबै स्थानीय तहका पशु सेवा शाखा मार्फत गाउँ गाउँमा पशु प्राविधिकको टोली खटाएर लक्ष्य अनुसार पशु चौपायाको खोप तथा उपचार गरिएको कार्यालय प्रमुख जैशीले बताए ।
त्यस्तै गत आर्थिक बर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका पशु स्वास्थ्य शिविरबाट ४ हजार ८ सय र मेडिकल उपचार पद्धतिबाट ११ हजार ७ सय १० पशु चौपायाको उपचार गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ । प्रयोगशालाबाट २ सय ७१, सामान्य शल्यक्रियाबाट ७५, परजीवि नियन्त्रण सेवाबाट १२ हजार पशु चौपायाको उपचार गरिएको कार्यालयले जनाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले बिभिन्न शिबिर र स्थानिय तहका पशु सेवा शाखाको संयोजनमा पशुपन्छी रोग बिरुद्धका अभियान नियमित संचालन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार