• होमपेज
  • बडिमालिका
  • बाजुरामा कालाेबजारी र मुल्यबृद्धिलाइ मध्यनजर गर्दै प्रशासनद्धारा बजार अनुगमन

बाजुरामा कालाेबजारी र मुल्यबृद्धिलाइ मध्यनजर गर्दै प्रशासनद्धारा बजार अनुगमन

  • शुक्रबार, असार १७, २०७९
बाजुरामा कालाेबजारी र मुल्यबृद्धिलाइ मध्यनजर गर्दै प्रशासनद्धारा बजार अनुगमन

बाजुरा — बाजुराकाे सदरमुकाम मार्तडीमा रहेका बिभिन्न पशलहरुमा जिल्ला प्रशासन कार्यालय बाजुराकाे सहकार्यमा अनुगमन गरिएकाे छ । अनुगमनमा म्याद सकिएका खाध्य बस्तु, कालाेबजारी र महगी‌, मुल्यसुचि लगायतका बिषयमा बजार अनुगमन गरिएकाे हाे । अनुगमनकाे क्रममा  म्याद गुज्रेका खाद्य सामाग्री बरामद समेत गरिएकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुरा, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रहरी कार्यालय, काेलेनिका, स्वास्थ्य कार्यालय बाजुरा लगायतका कार्यालयहरुको संयुक्त टोलि द्वारा शुक्रबार  सदरमुकाम मार्तडीमा रहेकाे बजार क्षेत्रमा अनुगमन गरिएको जिल्ला प्रशानसन कार्यालय बाजुराले जनाएकाे छ ।
व्यापरीहरुले कालोबजारी गरेको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयले सम्पुण टोली खटाई बजार अनुगमन गरीएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
व्यापरीहरुलाई  पटक-पटकको अनुगमनमा  जानकारी दिदा पनि व्यापारीहरुलाई दिएको निर्देशनहरु पालना नगरी म्याद गुर्जेका सामाग्री बिक्रि बितरण गरेकाे र केही पशलमा भेटीएका तरकारी र अखाध्य बस्तु बरामत गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बहादुर बिष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार