बाजुरा — खप्तडको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजीत कबिता प्रतियाेगितामा बाजुरा बडीमालिका नगरपालिकामा शिक्षा शाखाका प्राबिधिक सहायक राम बहादुर कटुवालले दाेस्राे स्थान हात पारेका छन । कविता प्रतियोगीता तर्फ विहादी २ पर्वतका तारानाथ पराजुली तथा निबन्ध प्रतियोगीतामा रोहीत भट्ट प्रथम भएका छन् । त्यस्तै कविता तर्फ बाजुराका राम बहादुर कटुवाल र निबन्धतर्फ जीवराज भट्टराई दोस्रो भएका छन् । कटुवालले विविधताको खानी हो खप्तड शिर्षकमा कबिता लेखेका थिए । साे कबिता बडिमालिका खवर अनलाइनबाट प्रकाशन गरिएकाे थियाे कटुवालले बताए ।
खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समितिले बृतचित्र, फोटो, निबन्ध तथा कविता बिद्यामा प्रतियोगीताको आयोजना गरेको थियो ।बृतचित्र प्रतियोगीतामा पत्रकार डिल बहादुर सिंह छनोटमा परेका छन् । गोरखापत्र दैनिकका डोटी संवाददाता सिंह ३ प्रतिस्पर्धीलाई उछिन्दै छनोटमा परेका हुन् । बृतचित्र तर्फ छनोटमा परेका पत्रकार सिंहले ६० हजार रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै फोटो बिद्यामा भने साँफेबगर नगरपालिका अछामका अंकुश खड्का प्रथम भएका छन् ।
९ जनाले प्रतियोगीतामा सहभागिता जनाएको कार्यकारी निर्देशक भिम बहादुर खड्काले जानकारी दिए । खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समितिले गठन गरेको निर्णायक समितिले आइतबार गरेको मुल्यांकन अनुसार फोटो प्रतियोगीतामा दिपायल डोटीका हेमन्त राईले दोस्रो, डोटी बहुमुखी क्याम्पसका राज तामाङ्ग तेस्रो, डडेल्धुराका गणेश मगर चौथो र डोटी सिलगढीका रहिश श्रेष्ठ पाचौं भएका छन् ।
फोटो प्रतियोगीतामा प्रथम हुने प्रतियोगीलाइ १५ हजार, निवन्ध तथा कविता प्रतियोगीताका विजयीलाइ २० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । पुरस्कार पाउने प्रतियोगीलाई भव्य कार्यक्रमका विच पुरस्कृत गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक भिम बहादुर खड्काले बताए । खप्तडको पर्यटन प्रचार प्रसार तथा प्रबद्र्धन गर्न प्रतियोगीताको आयोजना गरिएको खड्काको भनाइ छ ।
आगामी आर्थिक बर्षमा खप्तडमा अन्र्तराष्ट्रिय स्तरको दौड प्रतियोगीता आयोजना गरि विश्वभरका पर्यटकहरुको ध्यानार्काण गर्ने तयारी रहेको खड्का बताउछन् । भू स्वर्गका रुपमा चिनिने खप्तडमा विभिन्न राजनैतिक स्वार्थ , भ्रष्टाचारका कारण विकास हुन सकेको छैन ।