शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविताको शीर्षकः विविधताको खानी हो खप्तड

कविताको शीर्षकः विविधताको खानी हो खप्तड

  • शुक्रबार, असार ३, २०७९
कविताको शीर्षकः विविधताको खानी हो खप्तड

विविधताको खानी हो खप्तड
तिमी हामी सवैले अवश्य जाने हो खप्तड
प्रकृतिको रसस्वादनमा बनेको सुन्दर महल हो खप्तड
छन् त पार्किङका बाउन्न आँगन अनि विशाल पाटनहरु
बस्दैनन् र आउदैनन् कोही पनि मानव रमाउन यहाँ
न त भौतारिनु छ पानी पँधेराका लागि
छन् त साना ठूला गरी बाइस दह जहाँ ।
क्षितिजबाट आए जस्ता गाईवस्तु घोडा अनि यस्तै लस्करहरु
लडीबुडी खेल्छन् ती विशाल हरिया पाटनका छातीमा
घोडचडी ती किशोरकिशोरीहरुले यहाँ
आत्मिक प्रेमलाई घुम्टोभित्र लुकाएर जहाँ
सम्मिश्रित बाजुरा, बझाङ, अक्षाम, डोटीको त्यो
विभक्त मन मुटुलाई जोडी दिने सुन्दर खप्तड हो ।।
सहस्रलिङ्ग, त्रिवेणी सुनसान छन् आज
अतित र वर्तमानका पदचाप हेरेपछि
दुःख कठिनाईहरु विस्मृत हुन्छन् जहाँ
अतितका अप्रिय मनका घाउहरु टालिन्छन् तहाँ
भाका घन्किन्छन् त आफ्नो लोक संस्कृतिका
आस्था, विश्वास र बेला मैसरमा ।।।

आउँछन् बदलिन्छन् त फर्किन्छन् ती मनुष्य
ज्ञान लिई स्वामी सरस्वती झै बनी
ज्ञान र ध्यानको स्रोत यतैबाट तरंगित हुन्छ र त
फैलिन्छ विचार विज्ञान र धर्म विज्ञान बनेर
जडीबुटीको स्रोत फुलिरहने हो खप्तड
जीवनका लागि पियूष र अमृत बुटी बनी
साँच्चै मन लोभ्याउने असल प्रेमी हो खप्तड
सम्पूर्ण सुख सुविधाको रत्न हो खप्तड ।।।।
सुन्दर र भव्य महल हेर्न आतुर हुदाँ
सबै सबैका लागि बहार हो खप्तड
सधैँ सधैँका लागि सवार हो खप्तड
सुन्दर महलभित्र आनन्दित हुनेका लागि रानी हो खप्तड
त्यसैले त विविधताको खानी हो खप्तड ।।।।।

चर्चामा

सम्बन्धित समाचार