मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोभिड १९ बिरुद्धको खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोभिड १९ बिरुद्धको खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • बुधबार, फाल्गुन १९, २०७७
कोभिड १९ बिरुद्धको खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा कोभिड १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा अब तेस्रो चरणको कोभिड १९ बिरुद्धको खोप अभियान संचालनमा सबैको साथ सहयोग र कोही पनी नछुटन भन्ने हेतुका साथे खोप समन्वय समिति र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा संचालन गरिएको कार्यक्रममा तेस्रो चरणमा हुने खोप अभियानमा १८ बर्ष माथीका युवा, शिक्षकहरु, ड्राइभर र बृद्धा बृद्धहरुलाई लगाउने कार्यक्रम रहेको प्रमुख पन्तले बताएका छन ।

तेस्रो चरणमा लगाउने खोपका लागि ६९ वटा केन्द्रबाट सेवा दिने र १८ हजार ८ सय ८९ जनालाई खोप लगाइने बताएका छन । सो अभियानमा यस अघिको पहिलो र दोस्रो चरणमा छुटेका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई पनी सो अभियानमा समेटिने सो अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुखले बताएका छन ।
खोप समन्वय समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथि रहेका थिय । कार्यक्रमा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा, जिल्ला शिक्षा समन्वय अधिकारी सुरक्षा निकायका प्रमुख जिल्ला स्थित भिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार