बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्रीको अभिव्यक्ति संसद‍्को रेकर्डबाट हटाउन विपक्षी दलको माग

प्रधानमन्त्रीको अभिव्यक्ति संसद‍्को रेकर्डबाट हटाउन विपक्षी दलको माग

  • सोमवार, जेष्ठ १८, २०८३
सेयर गर्नुहोस् :
प्रधानमन्त्रीको अभिव्यक्ति संसद‍्को रेकर्डबाट हटाउन विपक्षी दलको माग

काठमाडौं– प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले लिएर प्रतिनिधि सभामा विवाद उत्पन्न भएको छ। सोमबार प्रतिनिधि सभा बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका छन्।

विरोधकै बीच सभामुखले विपक्षी दलका सांसदहरूलाई बोल्न समय दिएका छन्। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अनुमानको आधारमा मुलुक नचल्ने भन्दै नेपालले भारतको जमिन मिचेको प्रमाण छ भने सार्वजनिक गर्न माग गरे। यदि प्रमाण बिना प्रधानमन्त्रीले बोलेका हुन् भने ति शब्द संसदको रेकर्डबाट हटाउनुपर्नेमा उनले जोड दिए।

बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिने अवस्था आएको बताए। उनले प्रधानमन्त्रीको सीमा विवादबारे अभिव्यक्ति सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाउँदै उनले यस विषयमा प्रधानमन्त्रीले संसद‍्मा जवाफ दिनुपर्ने बताए।

एमाले सांसद ऐन बहादुर महरले प्रधानमन्त्रीले हचुवाको भरमा सीमा विवादबारे अभिव्यक्ति दिएको भन्दै रेकर्डबाट हटाउन माग गरे। प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने उनको भनाइ छ। माफी नमागेसम्म संसदको कामकारबाही अघि बढाउन नदिने चेतावनी समेत दिए।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीले दाबी गरेको विषयको प्रमाण सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले नेपालले भारतको भूमि मिचेको भनाइ तथ्यहीन भएको आरोप लगाउँदै उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। उनीहरूले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र माफी माग्नुपर्ने अडान लिएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। प्रधानमन्त्रीको यही भनाइलाई लिएर विपक्षी दलहरूले संसदमा आपत्ति जनाएका हुन्।
जसले गर्दा बैठकको कामकारबाही अघि बढ्न सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार