बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

काठमाडौं– सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डा‍‍.स्वर्णिम वाग्लेले घोषणा गरे ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ ।

अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

दू्तमार्गको ४० पुल र ४ सुरुङ दु्रतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ ।

कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार