शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • डुब्न थालेको डुङ्गा!

डुब्न थालेको डुङ्गा!

  • सोमवार, भदौ ६, २०७९
डुब्न थालेको डुङ्गा!

सुरेशकुमार पान्डे — अहिले नजिकै संसदको र प्रदेशको चुनाव नजिक आएपछि राजनीतिक गतिबिधीमा पन हलचल सुरू भएकोछ।यि नेताहरुले कुनै सिधान्त नीतिको आधारमा होइन कहां कस्को झण्डामा चुनाव लड्दा आफ्नो कुर्ची सुरक्षित राख्न सक्किन्छ भन्दै उतै लप्किन थालेकाछन।
भन्निन्छ “जब डुङ्गा डुब्न थाल्छ नी त्यो बेला सबै भन्दा पहिले ढुङ्गा मा बसेक मुसा भाग्न थाल्छन।”
अहिले ओलिको पार्टी बाट पलायन हुंनेको लहर लगेको देखिन्छ।बामदेव र बाबुराम भट्टराई माओवादी केन्द्रमा प्रवेश गरेका छन।अहिले भिम रावलको पनि एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्न खोजेकाछन।भिम रावललाई छाडेर बांकी सबै डुङ्गा डुब्न लागेको देखेर भाग्ने मुसा जस्तै नै हुंन तर भिमरावल पहिले देखुननै ओलिको राजनीतिक लाइनलाई वेला वेलामा चुनौती दिंदै आएका मध्य एकजना सम्झौताहिन शंघर्ष गर्दै आएका नेता मानिन्छन।
अहिले के पी शर्मा ओलिले संघियता खारेजगर्ने चुनावी एजेण्डानै बनाएकाछन।त्यो नाराको गनतब्य कहां सम्म हो त्यसबारे आउँने दिनहरूमा प्रष्ट हुँनेछ।
उन्ले राजावादीहरू राप्रपा लगायतका दलहरू सँग मिलेर चुनावमा जाने योजना बनाएकाछन।वास्तबिक रूपमा संघियता उनिहरूको नज्दिकीको कारण होइन बरू उन्को हिन्दु धर्मको मोहले उनिहरूलाई नजिक पुराएकोहो भनेर बिस्लेषकहरूले भन्दै आएकाछन यही यो पंक्तिकारलाई पनि सहि लागेकोछ।वास्तबिक रूपमा भन्ने हो भने यिनी नेताहरू एउटै बारीका मूला हुन कुनैपनि कुनै सँग कम छैन।
भिजेको बिरालो जस्तो देख्खिने यिनै नेताहरू जब जितेर सरकारमा पुग्छन छिमेकी सँग मिलेर बाघ बनेका हुन्छन।त्यो वेला न त देशको मायाँ लाग्छ न जनताको मायाँ लाग्छ।छिमेकीको दलालि गर्ने कमिसन खाने देशबिदेश घुम्ने आफ्ना आसेपासे र गासेहरूलाई घुमाउने,देशको ढुकुटी लुटेर बिदेशमा धन लुकाउँने यही काम यिनिहरूले गर्दै आएकाछन।
देशका किसानहरूको कस्तो अबस्थाछ?अहिले समयमा आकास बाट पानी परेन मल र बिउको ब्यबस्था सरकारले गर्न सकिन।किसानहरूको खेत बारी सुकेकोछ त्यस बारेमा यिनिहरूलाई चिन्ताछैन मात्र कसरी बिदेशीलाई खुसि पार्ने र उसैको सहयोगमा चुनाव जित्ने यो चिन्ता मात्र यिनिहरूको प्रमुख भएकोछ।..
यो देशको हितमा कुनैले पनि काम गरेकोछैन यो बहुदलिय ब्यबस्था आएपछि अहिले सम्म राष्ट्रियता र गणतन्त्रको हितमा कसैको कुनै भुमिका छ भने त्यो अपवादनै होला।
यिनीहरू मध्य कुनै राष्ट्रवादी नेता भएको भए यस्तो राष्टघाती नागरिकता बिधेयक संसद सम्म पुग्ने थिएन।के भारतले कुनै अंगिकृत नागरिकलाई देशको प्रसाशकिय अधिकारी वा राजनीतिको उच्च पदमा वा मत्री बनाउन मन्जुर गर्छ?कतै नभयको नियम देशमा लागु गराउन तछाड मछाड गर्नेहरू मध्यका हाम्रा नेता जसले कलो दिन्छ उसैको अगाडी पुच्छुर घुमाउँदै घुंडाले टेक्न पुग्छन।
यिनीहरूले जुनसुकै पार्टीको झण्डामा आफुलाई ढाकेपनि वा जस्को चुनावी निशानमा चुनाव लडेपनि जनता र देशलाई कुनै एक अंश फाइदा हुनेछैन।
एकातिर देशमा साढे छेदशक सम्म जनताले प्राणको बाजि लगाएर रगतको बद्लामा ल्यायको गणतन्त्र धरापमा पार्ने शक्ति सलबलायकोछ आर्को तिर बिदेशी साम्राज्यवादको दलालि गर्ने राष्ट्रघाती शक्तिहरूको बिगबिगीछ।
यो केवल अबस्थामा देशभित्रका राष्ट्रबादी र गणतान्त्रीक शक्तिहरूको एकतामा देशको भबिस्य लुकेकोछ।
एउटा राष्ट्रघाती बिधेयक संसदले पारित गर्छ अनि त्यसलाई राष्ट्रपतीले गलतछ भनेर पुनर्विचारका लागी फिर्ता पठाउँछिन तर गठबन्धनका चार दलहरूले त्यो बिधेयकलाई जस्ताको तस्तै पठाउँछन यस्तो अबस्थाछ आज देशको।
सम्मानिय राष्ट्रपती को पदनै न्युटेलमा गराए अब राष्ट्रपती केको लागी?यही प्रश्न जनताको बिचमा ठिङ्ग उभिएकोछ।कम्तिमा यो नागरिकता बिधेयकमा केही आबस्याक सुधार गर्नुपर्दथ्यो।
तर उनिहरूले बिदेशीको दलाली गर्ने भूत चडेको बेला सम्मानिय राष्ट्रपती समेतको आदेशलाई सिधै अस्विकार गर्न पुगे त्यो पनि राष्ट्रघाती नागरिकता बिधेयकको लागी।
अहिले जुन मधेशीलाई न्याय दिने कुराहरू गरेकाछन तिनै मधेशीहरू अल्पमतमा पर्न अब धेरै दिनछैन।एकजना कामरेडले गतबर्ष ‘रअ’ पस्यो भनेका थिए अहिले यस्तो लाग्छ पुरै देशमा रअ नै रअ भएकाछन।अनी आफुलाई अब्बल कम्युनिष्ट नेता भएको जनतामा भ्रम छरेकाछन।
नेपाली कांग्रेसलाई त उनिहरूकै भाषामापनि प्रतिकृयावादी पार्टी दलाल पुंजिपतीको पार्टी बिस्तारवादको दलाल पार्टी भनेर थाक्दैनथिए तर अब यि सबै राता मण्डलेहरू लाई के भन्ने?
मैले टनक पुर सन्धिको वेला एउटा लेख लेखेको थिएं “हिंजो यही सम्झौता नेपाली कांग्रेसले गर्दा राष्टघाती तर आज कम्युनिष्ट भनौदाहरूले गर्दा राष्ट्र बादी,यो कस्तो जनतामा दिएको भ्रमहो।”यिनीहरू सबैजसो छिमेकीका दास भयर सत्ताको स्वाद लिंदैआएकाछन।
अहिले पनि यिनै अप्राधीहरूले जनताको आंखामा छारो हालेर एम सीसी पारित गराए साथै राष्ट्रघाती नागरिकता बिधेयक पनि पारित गराए।
यसमा पक्ष बिपक्ष सबै लमपसारछन जो छैनन् उनिहरू सडक र सदनमा आवाज उठाउँदै आएकाछन।तर उनिहरूको आवाज कसैले सुनेकोछैन।आखिर उनिहरू जता गएपनि यिनलाई केहि असर हुनेवालापनि छैन।
बरू उनैलाई बद्नाम गर्न त्यो राष्ट्रघाती बिधेयकमा मुच्छने प्रयात्न गर्दैछन।
अहिले पनि जनताले उनिहरूको यो शड्यन्त्रलाई बुझ्न सक्दैनन् भनी अब आफ्नै देशमा बहादुर बनेर बिदेशी र भ्रष्टचारीको सेवा गर्न उनिहरूको गेट कुर्ने र भान्सा तैयार पार्न तैयार हुँनुपर्छ।
बरू अंझै राष्ट्रपती ज्यु सँग एउटा विक्लव छ त्यो हो उन्ले यो बिधेयकालाई हस्तक्षेर नगर्ने र आफ्नो पद त्यागेर सर्वोच्चमा जाने त्यसरी यो राष्टघाती बिधेयक केही मैना दिन वा चुनाव सम्मको लागी भयपनि रोकिन सक्छ की?वास्तबिक रूपमा आम निर्वाचन घोषणा भै सकेपछि देशमा आचार सहिंता लागु स्वांत्त हुन्छ।त्यसकारणले पनि राष्ट्रपतिले यो बिधेयकलाई लाल मोहर लगाउँनु मिल्दैन।नागरिकता जस्तो सम्वेदनसिल दस्तावेज कार्यकारी सरकारले लाद्न मिल्दैन किनकी यो सरकार अब चुनाव आयोगको अनुसाशन भित्र हुनुपर्छ।राष्ट्रपती सँग अंझैपनि यि विक्लपहरू हुन सक्छन।
देशका जनताले अहिलेपनि यो देशको चिन्ताछ भने यात आगामी निर्वाचनमा यि
Suresh Kumar
Suresh Kumar Pandey
जुनसुकै पार्टीका भयपनि बिदेशीका दलाललाई पराजित गराउँ वा यो समग्र संसदिय ब्यबस्थाको बिरूद्धमा सडक तताउँ।
प्रदेश सभाको त हामिले लगातार सँघियतको बिरोध गर्दै आएकालेपनि यो चुनावको कागलाई बेल पाक्यो हर्ष न बिस्मिता भनेको जस्तोहो।सके सम्म संघियतालाई खारेज गर्नु आजको मुख्य आबस्याकता पनि हो।अहिले गणतन्त्रको पनि केकाम यदि यो देशनै रहेन भनी हाम्रो राजनीतिको के अर्थ रह्यो।
त्यसैले अब देशलाई यि दलाल र भ्रष्टचारी मुक्त बनाउन सम्पुर्ण देशभक्तहरू अगाडी बढ्नै पर्ने आबस्याकताछ।

चर्चामा

सम्बन्धित समाचार