बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • राज्यले नचिनेको क्षेत्र बडिमालिका, विकासका नाममा शुन्य

राज्यले नचिनेको क्षेत्र बडिमालिका, विकासका नाममा शुन्य

  • बुधबार, भदौ १, २०७९
राज्यले नचिनेको क्षेत्र बडिमालिका, विकासका नाममा शुन्य

बाजुरा–धार्मिक एवं पर्यटकीय सुन्दर क्षेत्र बडीमालिकामा यस पटक मालिका माताको दर्शन तथा प्राकृतिक छट्टाहरुको रस्वासदन गर्ने अवसर प्राप्त भयो ! यात्रा नगर्दै रुघाखोकीले च्यापेको भए पनि मनले ४२०० मिटर उचाइको यात्रा तय गर्ने निधो गरी छोड्यो ।
ज्वरोलाई नियन्त्रण गर्ने सामान्य औषधिले काम चलाउदै थुप्रै सुनेका गन्तव्यहरुमा पुगियो । स्थानीयको भनाई अनुसार यस पटक पर्यटक एवं दर्शनार्थीको घुईचो बढी नै थियो । यहा फाटफुट्ट देशका प्राय भाग, कर्णाली र सुप तथा भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । राष्ट्रिय पहिचान बोकेको बडीमालिलाई राष्ट्रले सुनेको, केहिले चिनेको र छामेको तर सारमा राज्यले नचिनेको क्षेत्रको रुपमा रहेछ भन्ने महसुश भयो ।
विस्तारै पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुँदै गए पनि प्रथमतः यो धार्मिक क्षेत्र नै हो । यसलाई धार्मिक पर्यटन को रुपमा विकास भएको देखिन्छ किन भने त्रिवेणी स्नान र माताको दर्शन सबैको प्राथमिकतामा रहेको पाईयो । जेहोस, बडीमालिका जडीबुटी, पशुपालन र प्राकृतिक रुपमा अतुल्य छ । यसको सम्पूर्ण विकासको खाका सहित सबै तहका सरकार लाग्नु पर्ने देखिन्छ, होइन भने आस्था धर्ममराने छ । प्राकृतिक दोहन बढ्नेछ र सुन्दर पावन भूमी कुरूप बन्दै जानेछ । त्यसैले निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ ः
१ . बडीमालिका क्षेत्रलाई निकुञ्ज, कोष वा समिति को रुपमा विकास गरी प्रभावकारी संचालन हुने हो अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।
२ . त्रिवेणी क्षेत्र (कालिका मंदिर) देखि बडीमालिका हुदै नाटश्वरी क्षेत्र सम्मको पदमार्गलाई व्यापक सुधार गरी भयमुक्त बनाउनु पर्ने देखिन्छ । कम्तीमा दोहोरो हिडाई हुन सकोस । असाध्यै जोखिमयुक्त ठाउमा रेलिङ र केहि सम्म परेको भागमा सुरक्षित विश्राम स्थल आवश्यक देखिन्छ ।
३. विशेषगरी बडीमालिका मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सहज बसाईका लागि टेन्ट अट्ने खालका गह्राहरु प्राकृतिक प्रभाव मुल्याङ्कन गरी निर्माण गर्नुपर्ने देखिन्छ । साथै गह्रा पिच्छे कम्तीमा एक शौचालय बनाउनु पर्ने हुन्छ र पटके होटलहरुको समेत स्थान व्यवस्थापन भए राम्रो हुने देखिन्छ ।
४. बडीमालिकामा मंदिर क्षेत्रमा पानीको अत्याधिक समस्या छ, त्यसैले यहाँ पर्व विशेषका लागि भए पनि आकाशे पानी संकलनको व्यवस्था हुनुपर्ने देखिन्छ । बर्षामा यस क्षेत्रमा बादल लाग्ने र पानी परिरहने हुनाले cloud fisher net को प्रयोग गरी शुद्ध पिउने पानी संकलन गरी वितरण गर्न सकिन्छ ।
५. सबैभन्दा अत्यावश्यक भनेको पूजा व्यवस्थापन नै हो । बडीमालिका गाउँ विशेषको आस्था स्थल मात्र होइन, धार्मिक र पर्यटकीय हिसाबले सबैको आर्कषण बनी सकेको छ । त्यसैले टाढाबाट आएका भक्तजनहरुको मालिकाप्रति आस्था नमर्ने गरी सहज रुपमा विना भेदभाव पूजा गर्ने अवसर प्रदान हनु पर्छ । पर्व व्यवस्थापनका लागि खटिएकाबाटै चिने जानेकालाई घुसाउने र लाइनमा लागेका भक्तजनहरु ८–१० घंटा समेत कुर्दा पालो नआउने अवस्थाको अन्त्य हुनै पर्छ ।
६. सरकारी पूजामा लाग्ने ३ – ४ घण्टालाई ३० मिनेटमा झारिनु पर्छ वा सरकारी पूजा नै किन विरालोको घाँटीमा घंटी किन ? तीर्थालुको चाप बढेसंगै यस विषयमा सोच्नु पर्ने देखिन्छ ।
७. . मंदिरमा सिमेन्टको लिपपोत पटककै सुहाएन । यो त स्थानीय सामाग्रीको पूर्ण प्रयोग गरी वास्तुकलाले सुसज्जित हुनु पर्ने थियो । यदि राज्यले बनउदैन भने पनि चन्दा र भेटीबाटको पैसाले नै सुन्दर अदितिय मंदिर निर्माण गर्न सकिन्छ । विकासका नाममा शुन्य प्राय देखियो ।
८. त्रिवेणी नपा र बडिमालिका नपाले आआफ्नो क्षेत्रमा होटल वा गेष्ट हाउस संचालनमा ल्याउनु पर्ने देखिन्छ । त्रिवेणी क्षेत्र आईस स्केटिङको संभावना बोकेको क्षेत्र पनि हो । त्यसैले साहसिक खेलहरुबाट पनि आम्दानी लिन सकिन्छ र १२ महिना नै कसरी गन्तव्य बनाउने स्थानीय र संघिय सरकारले सोच्नु पर्ने देखिन्छ ।
९. प्रचुर जडीबुडी भएको क्षेत्र भएकाले यस क्षेत्रमा पाइने जडीबुडीको अध्ययन अनुसंधान , संरक्षण,प्रबर्द्धन र निकासीबाट व्यापक आम्दानी गर्न सकिन्छ !
१०. बडीमालिका क्षेत्रमा पशुपालन व्यवसाय फष्टाएको देखिन्छ । खुल्ला चरिचरनले चौपायाका खुरले कोमल माटो काटिन गई ससाना भुस्खलन भएको देखिन्छ । विस्तारै विस्तारै ठूला ठूला पहिरामा परिणत हुने कार्यताई रोक्न आवश्यक छ ।
११. त्रिवेणीमा मिसिने खोलाहरुमा भुस्खलन भएको देखिन्छ । बेलैमा संरक्षण भएन भने विस्तारै त्रिवेणी क्षेत्र पहाडमा रुपान्तरण हुन समय लाग्ने छैन । वर्षामा बग्ने माटो ढुंगा मिश्रित बाढीले नदिको सतह गहि¥याउदै लग्छ र त्यसैमा त्रिवेणी उच्च भागबाट भई बग्नाले ध्यान दिनु पर्ने देखिन्छ ।
१२. त्रिवेणी क्षेत्रमा कपाल खौरिने, स्नान गर्ने, श्राद्ध र पूजा गर्ने स्थान व्यवस्थित गर्नु पर्ने देखिन्छ । जथाभावी कपाल ब्लेड र फोहरले दुर्गन्धित भएको देखियो । खोलाहरुको मुहानतिर गएर शौच गर्ने र नुहाउने कार्य अविलम्ब रोक्नु पर्ने देखिन्छ ।
अन्तमा ! यो क्षेत्र उच्च स्थानमा रहेकाले लेक लाग्ने र दीर्घरोगीहरुलाई शारीरिक समस्या देखिने हुँदा त्यस क्षेत्रको विशेषज्ञ सेवा प्रभावकारी रुपना संचालन गर्नु पर्ने देखिन्छ साथै कसरी यात्रा गर्दा राम्रो हुन्छ, सुचना सामाग्री जारी गर्नु पर्दछ । बडीमालिकाको नामबाट संचालित व्यापार व्यवसायीहरुले मात्रै आम्दानीको सानो अंशलेमात्र ससाना तर महत्वपूर्ण काम बन्न सक्ने छन । बडिमालिलाई हामी सबै मिलि भव्य र सबैको रोजाईको क्षेत्र बनाउ । यहाँ संकलन हुने चन्दा भेटीलाई बडिमालिकाकै विकासमा लगाउ र केहि सामाजिक काम गरौं । यति गरे बडिमालिका सुपको मुख्य आम्दानीको श्रोत बन्न सक्ने छ ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।
                                                                                                                            यी लेखेका नीजि विचार मात्र हुन !

चर्चामा

सम्बन्धित समाचार