शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मेरो लेख केको लागि?

मेरो लेख केको लागि?

  • शुक्रबार, माघ ७, २०७८
मेरो लेख केको लागि?

सुरेशकुमार पान्डे —  मैले किन लेख लेख्छु?अहिलेको कतिपय शाथिहरू लाई खड्किएको बिषय बनेकोछ।
म धेरै पढेर साथिहरू भन्दा जान्ने भएर लेखेको लेख पनि होईन,साथिहरू धेरै पढेलेखेका अनुभवि पनि हुनु हुन्छ र बुद्धिजीवी पनि हुनुहुन्छ।
कतिपयलाई मैले लेख लेख्दा किन पिराउँछ त्यो मेरो चिन्ताको बिषय त होईन तर त्यो पिराउँनै पर्ने मेरा लेख नहुँदा साथिलाई किन पिराउँन जान्छ?त्यसबारेमा छलफल गर्नैपर्छ।
साथिले भन्नु हुन्छ हजूरलेपनि त दिनदिनै लेखेर बहुमतको भजन गाउँनुहुन्छ,कसैले भन्छन आफ्नो तिर झांकेर मात्र भन्नुपय्रो आदि ईत्यादि।
के मैले कतिपय शाथि अल्पमतमा भएपछि लेख्न लागेको होत?यो पाठक बर्गलाई मुल्यांकन गर्न जिम्मा दिन्छु।
मैले पार्टीको महाधिबेशन भै सकेपछि बहुमत र अल्पमत भनेर भन्नुलाईनै मूल रूपमा गलत मान्छु।किन भने त्यो पार्टीको मात्रैहोईन अनतरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुसाशन भित्र पर्दैन।कुनैपनि संगठनको सम्मेलन भै सकेपछि सम्मेलन वा महाधिबेशन भन्दा पहिले कस्को के मत थियो त्यसबारे कोट्याउँनु भनेको पुरानो घाउको मामरि उक्काएर फेरी घाउ बनाउँने कुराहो त्यो संगठनको अनुसाशनको खिलाफ हुन्छ।जुन घरमा बस्नु हुन्छ त्यो घरको खोईरो खन्नुभनेको आत्मघाति ब्यबहारनैहो।
हाम्रा बिचार के हुन भने कतिपय ब्याक्तिको नीजि स्वार्थका लागि कयौं हाम्रा साथि जो धेरै लामू समय देखि संगठनमा काम गर्दै आउनु भएको थियो उँहाहरू टाडिंदा हामिलाई दुःख लाग्छ।
हाम्रो उंहाहरू संग आत्मियताछ सद्भावछ र मैत्रिपुर्ण सम्बन्ध पनिछ त्यसकारणले हाम्रो कोसिश साथिहरूलाई गलत बाटा तिर जानलाई सकेसम्म रोक्नेनै हुन्छ।
तर कतिपय साथिहरूले मेरो बिचारलाई नेगेटिभ रूपमा बुझ्नुहुन्छ वा लेखलाई पुरा नपढेर कमेट गर्नुहुन्छ त्यो कुरा भने बुझ्न सकिएन।हामिले कुनैपनि ब्याक्तिको किटान गरेर लेख लख्दैनौं तर समग्रहमा संगठनको लाईन भनेर जांदा साथिहरूलाई अमिलो नलाग्नुपर्छ।
हामिले मूलप्रवाह अखिल भारत स्तरमा सामाजिक काम गर्छौं,हाम्रो उदेश्य पहिलो भारतस्थित नेपालीहरूको हितको पक्षमा आवाज उठाउँनुहुन्छ किन भने हाम्रो उदय यहि सामाजिक संगठन बाटनै भयो।हामि यो संगठनमा लागेर समाजको सेवा गर्ने र देशभक्ति भावनाको बिकाश गर्ने उदेश्यले लागेका हौं।
संगठनमा हामिले योगदान दिन लागेको चार दशक भयो तरपनि यति लामू समय सम्म संगठनमा काम गर्दा कयौं पल्ट संगठन बाट साथिहरू निस्कनु हुन्छ हामिलाई उंहाहरू जांदा अत्यान्तै दुःख लाग्छ।किनकि मैले माथिनै भनिसके हामिहरूको सबै साथिहरू संग भावनात्मक समबन्ध हुन्छ त्यसकारणले कुनैपनि पुराना साथि संगठनबाट निस्किंदा दुःख लाग्नु स्वभाबिक हो।
तर के मान्छेको आफ्नै सरिरको कुनै अंग खराब भयो भने जीवीत रहनका लागि त्यो अंगलाई उपचार बाट निको हुने सम्भावना भयन भने काटेर वा सर्जरी गरेर फाल्नुनै उचित मानिन्छ।
साथि जब हामिले आफ्नै सरिरलाई काटेर भएपनि आफ्नो अस्तित्व बचाउँन खोज्छौं जीवीत रहन खोज्छौं त्यस्तै प्रकारले संगठन बाट साथिहरूजानु भनेको हामि आफै कम्जोर हुनुहो तर पनि कुहेको आलु टोकरीबाट नफाल्ने हो भने अरू आलुपनि कुन्छ नपताए त्यो कुहेको आलुलाई टोकरीमा राखेर हेर्नुश।
हामिलाई थाहाछ अहिले केहि साथिहरूको जो कुहेका थिए उनैलाई नफालौं भनेर सहि ईमानदार धेरै मित्रपनि त्यहि हुरिमा बहिगर्मित हुनुभएकोछ।माले माथि भनेनुसार त्यो भावनात्मक समबन्धकै परिणाम हुनुपर्छ।तर संगठन भावनामा बगरे बलियो हुँदैन न संगठनको बिकास हुन्छ।
त्यसकारणले हामिले त्यसता संगठनका ईमानदार लामू समय देखि संगठनको लागि काम गर्दै आउँनु भएका मित्रहरू आफ्नै घरमा फर्किनुपय्रो भनेर अनुरोध गरेकोहो।
साथि संगठनमा अनुसाशनको अति आबस्याक हुन्छ।यो संगठनमा मात्रै होईन सडकमा हिंड्दापनि अनुसाशनको खांचो हुन्छ थोरै गलति भयो भने ज्यान जाने खतरा हुन्छ त्यसतै घरमा पनि अनुसाशन नभै हुँदैन अनुसाशन भैन भने घर पनि नर्क बन्न सक्छ।जीवन भरी हामिले अनुसाशनको नियम पालना गर्दै अनुसासनको दायरा भित्र रहनै पर्छ।संगठनको बिकासको लागि पनि त्यो अनुसाशनको खांचो पर्छ हामिले बिना अनुसासनको संगठन चलाउंन सक्दैनौं भन्ने मलाई पनि लाग्छ।लेख लेख्नु एउटा कलाहो कुनैपनि ब्याक्तिले राम्रो लेख्ने प्रयात्न गर्छ भने त्यस्तो ब्याक्तिको होशला बढाई गर्नै पर्छ उसका खुट्टा तान्ने खालको ब्यबहार ठिक हुँदैन।साथिहरू लेख रचना जस्ले लेखेपनि हुन्छ संगठनको हितमा देश र जनताको पक्षमा त्यो सबै रचनाहरूलाई हामिले सहयोग गर्नेछौं।

चर्चामा

सम्बन्धित समाचार