शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • बाजुरा बिशेष
  • स्वर्ग तुल्य पूण्य भुमी “बुढीनन्दा

स्वर्ग तुल्य पूण्य भुमी “बुढीनन्दा

  • शनिबार, अशोज २, २०७८
स्वर्ग तुल्य पूण्य भुमी “बुढीनन्दा

वारिउदाकी खेतीबेती पारिउदाकी विनी ।
ऐले माई बुुढीनन्दा क्याउ बर दिन्नी ।।

वारिउदाकी खेतीबेती पारिउदाकी बिनी।
ऐले माई बुढिनन्दा माग्यो बर दिन्नी ।।

शक्ती स्वरुपेणी बुढिनन्दा माताको यो वर्षको मेला हालसालै सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र शुक्mपक्ष चर्तुुदशी तिथिका दिन लाग्ने उक्त मेला भर्न शुदुुर र मध्यपश्चिमका सयैं भक्त श्रद्धालुजन बुढनन्दा जाने गर्दछन् । पुुण्य भुमी बुढिनन्दालाई धार्मिक दृटीकोणले रोज्यो फल पाईने र पर्यटकीय दृष्टीकोणले भुु-स्वर्गको एक टुक्राका रुपमा लिन सकिन्छ । समुन्द्री सतहबाट १६ हजार फिट उचाईमा अबस्थित बुढिनन्दा माताको दर्शन गर्नाले मनोकाँक्ष पूरा हुने धार्मिक मान्यता रहिआएको छ । हिमालय पर्वतमा अबस्थित अलौकिक देबी “ बुढीनन्दा माताको” दर्शन गर्न हाम्रो पारिवारिक तिर्थयात्राको स्मरणीय क्षेणलाई पाठक समक्ष पुुर्‍याउन जमर्को गरिएको छ । यात्राको क्रममा हामीले जेजस्तो देख्यौं र भोग्यौं त्यहीकुरा यात्रा स्मरणका रुपमा पाठक समक्ष पस्केको छु ।
बिगत लामो समय पछि आस्था भरोशा शक्ती स्वरुपेणी देबी बुढीनन्दा माताको पारिवारिक दर्शन गर्ने अवसर जुट्यो । यात्रका क्रममा माथि उल्लेखित स्लोक ( मांगल )अनुसार १६हजार फिट उचाइँमा अवस्थित बुढिनन्दा माईको नेजारबाट तल हेर्दा वारिपट्टी खेतपाती गरे झैं समथर भुमि पारी पट्टी हेर्दा बिनी ( धौलीवगर ) जो सानो खोला तर दुध बगे झैं कलकल बगिरहेको धौलीबगर देखिन्छ । धर्तीको एक टुक्रा स्वर्ग झै मनमोहक छ । त्यही धर्तीलाई स्वर्गको टुक्रा सम्झेर भक्तजन श्रद्धालुहरु मांगल भजन गाउँदै एकत्रित मनले बुढिनन्दा माताको दर्शन गर्न जान्छ्न् । यस यात्रा स्मरणमा सुन्दर २२ पाटन , र्धािक एबं पर्यटकीय महत्व गोठालाले गरेका स्वागत र समगमा बुढिनन्दामाताको महिमामा सर्मपित छ ।

No description available.
शक्ती स्वरुपेणी आराध्य देबी बुढीनन्दा माताको मन्दीर बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ३ मा अबस्थित छ । बुढिनन्दा मन्दीर ४५८१ मिटर उचाइमा पर्छ । सदरमुकाम मार्तडी देखि करिब ५६ किलोमिटर दुरी छ । कोल्टीबाट करिव तिस किलो मिटर दुरी पर्छ । प्रत्यक वर्ष भाद्र शुक्लपक्ष त्रयोदशी तिथीदेखि बुढिनन्नदा माताको दर्श गर्न तिर्थालुु भक्तजन मेला भर्न जाने गर्दछन् । दुःखकष्ट गरी बुढीनन्दा माताको दर्शन गरे मागेको वर पाईन्छ भन्ने धार्मिक एबं सामाजिक मान्यता पनि छ ।

No description available.

यस वर्षको धार्मिक तथा पर्यटकीय मेला पनि भाद्र ५ गते सम्मपन्न भएको छ। वर्षको एक पटक भाद्र सुक्लपक्षमा लाग्ने उक्त मेला भर्न बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेलधुरा र कालीकोटल गायतका तिर्थालु भक्तजन जाने गर्दछन् । शक्ती स्वरुपेणी बुढनन्दा माताको दर्शनगर्नाले भाकल अनुसारको बरमागें पुरा हुने धार्मिक विश्वास छ । एकत्रित मनले पवित्र देवभुमी बुढिनन्दा पुुगेपछि अबिबाहित वरवधुु ले वरपाउने ,निसन्तानले सन्तान , निर्धनीले धन र अशिक्षितले शिक्षा प्राप्ती हुन्छ भन्ने धार्मिक विस्वास रहिआएको छ । भाकल पुरा भएकै कारण प्रापूर्वकाल देखि बुढिनन्दामाताको दर्श गर्ने प्रचलन रहेको छ । यात्राको क्रममा हामीले विशेषगरी बुढिनन्दा माताको प्रबेद्धार सिमकुरु देखि माथिको सचित्र सहित बणर्न गरिएको छ ।

No description available.

सदरमुकाम मार्तडीबाट दुुई दिनको पैदल यात्रा पछि अप्रान्ह चार बजे हामी सिम कुरु पगेऔं । त्यहाँको भुबनौट हेर्दा पाहडी उपत्यका जस्तो । जहाँ वरीपरि डांडैडाँडा वीचमा बुढिनन्दा खोला कलकल बगरिरहेकी छिन् ।चराचुरुगी चिरविर आवजमा गित गाइरहेका । माथि सिरानीमा पाटनमा घोडाभेडा लस्करै चुन चरिरहेका दृष्यले मन प्रफुल्ल बनायो । पारिपट्टी नौमुले धारा । जहाँ एकै साथ नौमुल कलकल बगिरहेका दृष्यले मनै लोभ्याउँछ । नौमुलमा स्नान ध्यान गर्नाले पापहरण हुन्छ । मन शान्ति हुन्छ । चर्म रोग पनि निको हुने मान्यता छ । स्नानधान पछि सिमकुरुको भावना निमावि स्कुलमा वास बस्यौं । कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द हँंदा स्कुलको प्राङ्गणमा झारले भरिएको थियो । कक्षा कोठा पनि सित पानी मक्काईका थिए ।कोठा ह्वारहार्ती गन्हाएका थिए । तैपनि स्थानीय र शिक्षाकको सहयोगमा अफिसकोठामै सुत्ने व्यवस्था भयो । उहाँंहरुलाई धन्यवाद !

No description available.

भोलिपल्ट विहान सबैरै उठेर नित्यकर्म पछि सिमकुरु देखि छाप्रे पाटन तर्फ हामी अघि बढ्यौं । माँगल नाचगान अनि घनघोर जंगलको उकालोमा रमाउदै विहानको खाना लादे भैंशी खरकमा खायौं । त्याहाँ पुुग्दा गोठाला दाईले दही,दुध, नैबेद, बुकी पुmुल र चुनले सजाएर राखेका थिए । तिर्थालुको स्वागत गर्न आतुर देखिन्थे । हामीले उहाँहरुको स्वागत सम्मान लियोैं । त्यही खाना खायौं ।शुद्ध साकाहारी खाना बुढिनन्दाको प्रसादको रुपमा लिने गरिन्छ । मिठो खानासंगै गोठालासँग एकछिन गफियौं गफमा गोठालाका गुुनासा धेरै थिए ।“ लादे छाप्रे पाटन सम्म सडक सञ्जाल जोडिएको भए अझै बुढिनन्दाको महिमा अझै बढ्ने थियो । हाम्रो पहुँच छैन पहुँचवाला टेर्दैनन् । ” दलबीर रोकाया लगागायतका गोठाला दाइका तमाम बेदना सुन्यौं । ति गुनासा सरोकार वालाबाट सुनुवाई भइदिए हाम्रा लागि पनि यात्रा सहज हुने महशुुस गर्‍यौं ।

No description available.

त्यसपछि हामी टोपी खस्ने उकालो चुन र सयौं थरी थरीका बुटी र सुुगन्धवाल फुलसंगै रमाउदै अप्रान्ह चार बजे छाप्रे पाटन पुुग्यौं । किंबदन्ती अनुसार बुढिनन्दा देबी कोल्टीको चौकीलेख छोडेर मृगको रुपधारण गरी छाप्रे ओडारमा बास बसेकी हुन् रे ! सोही मान्यता अनुसार तिर्थाटनमा गएका भक्तजनले एकरात छाप्रे ओडारमा वास बस्नै पर्ने धार्मिक मान्यता छ ।
त्यो स्थान कुण्डा क्षेत्रबाट आउने तिर्थालुहरुको संगम स्थिल पनि हो । बेलुका सबै भक्तजनसंग भेट भयो । सयौं यात्रु छाप्रे ओडारमा जाग्राम वसे । हामी पानीबयालोको सिरेटोसंगै त्रिपालको सहारामा रातभर माँगल गाएर जाग्राम बस्यौं । भगवानभक्तीको आनन्द बेग्लै ।
भोलिपल्ट भक्तजनको लस्कर सहित पाँणा पूजाराका (मुख्यमान्छे ) साथमा हामी बुढीनन्दा तर्फ लम्कियौं। अनौठो अनि शुरक्षित पनि । पुुजारी र स्थानीय अगुवा भन्दा अघि हिड्न पाईदैन। जुत्ता चप्पल त्यही छाप्रे पाटन छोडर हामी अघि वढेऔं । हामी अघि बढ्दै जाँदा निधारमा अक्षता झै टल्कीने अदानचुली पाटनमा घाडा भेडा चरिरहेका देख्दा प्रकृती देखि कस्को प मन न लोभिदा हो ।

No description available.

बुढिनन्दा क्षेत्रको २२ पाटन जहाँ घोडा भेडा चंरीको चरन क्षेत्रका रपमा लिईन्छ । अदानचुली पाटनबाट अत्यन्त मनोरम देखिन्छ । २२पटानलाई अनगिन्त जडीबुुुटीको भण्डारका रुपमा पनि लिईन्छ ।

हामीले पनि २२पाटनको अत्यन्त रमणीय र स्मरण योग्य क्षेत्रमा पारिवारिक तीर्थाटनकै क्रममा एक सामुहिक फोटो क्ििलक गरेऔं । जहाँ जुत्ता चप्पल लगाएर जान पाईदैन । हामीलाई पनि महशुस भयो । चार सय बढी भक्तजनमा दुुईचार जनाले जुत्ता लगाएर जवरजस्ती गएका थिए । बुुढिनन्दा औंला काटिए छन् । तर नाङ्गखुट्टे हिड्नेलाई भने केही भएन । हामीलाई झन विस्वास जाग्यो ।

हिमालका सयौं डाँडापाखा नौ पाखे सात फेरे छिचोलेर चरीदह पुगिन्छ । माथि बरमाग्ने डाँडामा बुढिनन्दा माताबाट चाहेको वर माग्न सांकेतिक वर मागिन्छ । तल चरीदह पुुगेर स्नानध्यान गरिन्छ । पृती श्राद्ध र मतवालाले जनै धारण गर्ने प्रचलन छ । अरु श्रद्धालुले स्नान गरी शुद्ध भएर मात्र बुढिनन्दाको यात्रा तय गर्नु पर्ने हुन्छ । हामीले पनि छोरा विजय राज , कान्छो सालो डम्मप्रसाद र भतिज जनक राजको एक साथ ब्रतबन्ध गर्न चरीदहमा नृत्यकर्म गरायौं । त्यसपछि हामी बेलुकीको बास धौलीभ्राणमा हुने गरी दिउसो तिन बजे चरीदहबाट प्रस्थान गरेऔं ।

शंख घण्ट फुक्दै हामी साँझ धौली भरणमा पुुग्यौं । अद्भुत दैबी शक्ती रहको धनभ्राण ( ओडार ) मा पुुग्न अलि सकस भयो । करिव १५ हजार फिट माथि अवस्थित उक्त ओडारमा सयौं मानिस अटायौं । सबैले सबैलाई प्रसाद बाँड्ने चलन रहेछ । सोही रित अनुसार हामीले पनि प्रसाद बाँड्यो यसको फार्ईदा कसैको प्रशाद सकिएको भएपनि साथसंघीको सहायतामा प्राप्त फल्लारले भोक तिर्खा मेट्न सजिलो महशुस भयो । त्यो राति मतवाला जतिको ब्रतबन्ध गरिदो रहेछ हामीले पनि एकसुरमा सबैको ब्रतबन्ध गरिदियौं ।

धौली भराणको एक वास पछि भाद्र शुक्ल चतुदर्शीका बिहान बुढिनन्दा माताको दशन गर्न हिम पहिरो र चट्टान छिचोल्दै हामी १६ हजार फिट माथि बुढिनन्दा देबिको शरणमा पुुग्यौं । जहाँ रुखविरुवा बुट्यान केही छैनन् छत केबल हिमालका जर्जन चुचुरा हिउँ र हत्केले बाटो । जहाँ पाण पुजारा अघि अघि पछि पछि भक्तजनहरु हुन्छन् । बुढीनन्दा माताको जयजयकार गर्दै हामी अलौकिक सँसार बुढिनन्दाको देब दह तालमा प्रबेश गर्‍यौं । जहां राक्षषी दह , देबदह बुढिनन्दा ताल लगायतका चार वटा ताल छन् । बुढिनन्दा तालमाको परिक्रमा गर्न ३५ देखि ४५ मनेट लाग्छ् । तालको परिक्रमा गर्दा पापहरण हुुने धार्मिक विस्वास रहेकोछ ।

बुढिनन्दा भगवती कसरी प्रकट भइन् ।
जनप्रकाश माविका कोल्टीका प्राचार्य तथा खोजकर्ता अनोजराज गिरी स्थानीय जानकारलाई उध्रित गर्दै आफ्नो स्नातकत्तोरको शोधपत्रमा उल्लेख गर्छन् । कुनै समयमा भगवती कोल्टीको चौकिलेकमा पहिलो वास हुन्थ्यो । चौकी लेकमा देबीको बास हुंदेै गर्दा पछिल्लो समयमा मान्छे गएर फोहोर गर्ने , गाइ बस्तु छाडा छोड्ने । कुखुराको डाको सुनेर भगवती त्यहाँवाट विलय भएकी किंबदन्ती उल्लेख गर्नु भएको छ । स्थानीय बासिन्दा एबं शिक्षक डम्मर रोकायाका अनुसार । भुलेनावाट कुखुराको डाको सुनेर लंकारी दहमा नुहाएर मृगको रुपमा भागिन् । नुरीवासी दाने र पल्लाने मृग देखे पछि सिकार गर्न र्मगका पछि पछि लागे । बेलुुका सम्म मृग नभेटाएपछि छाप्रे पाटनमा वास वसे । भोलि पल्ट विहान मृग नभेटेपछि घर पर्किन थाल्दा नजिकै मृग फेरी भेटेको किंवदन्ती छ । छाप्रे पाटन बाट भागेको कस्तरी लौरी विनाय लौरीविनायक पुुगेर बिश्राम लिएको बताउँछन् । त्यसपछि सातपाखे नौ फेरे हुँदे बरमाग्ने डांडा, गाइ गोठ हुंदै चरि दह पगेको । चरिदहमा स्नान गरी धौलीवगर हुंदै वीच वीचमा ढुंगा गडेको अहिले पनि देखिन्छ । जोकी मान्छे न हरावस भन्ने मान्यता छ ।

बाह्रैमाश हिमालमा अवस्थित नवदुुर्गाका रुपमा बसेकी बुढीनन्दा माताले यो हिमालमा म एक्ली कसरी बसैंला दाज्यु भन्छिन् । बुुढीनन्दा तालमा स्नान ध्यान पछि । तालको पश्चिम तिर फटकशीलामा सजाईकी बुढिनन्दा माताको मूर्तीमा दर्शन गरिन्छ । बुढिनन्दा माताको दर्शन गरी फर्कने बेला यो हिमालमा मलाई एक्लै नछोड्नु म कसरी एक्ली बसुला भन्ने माँगल सुनाउदै आफ्नो गच्छे अनुसारको फुलफल्लार पूmलफल्लार संख घण्ट चढाएर हामी परम्धाम बुुढीनन्दा स्वर्गतुल्य भुमी बुढिनन्दाबाट हामी सकुसल फर्कियौं ।
हियाइन संकर दाज्यु क्याको खाना खाउँला ।
मुलुुकका फुलपाती नैबेध त्याई प पुर्‍याउला ।।

हियाईन शंकर दाज्यु एक्ली कसी रौंला ।
मुलुकका तेल घिय त्याई प पुर्‍याउला
बस बैना नवदुुर्गा हियाइन शंकर ।।
हियाईन शंकर दाज्यु रुखी कसरी रौंला ।
मुलुकका आल भेटी त्याई प पुुर्‍याउला ।।
मुलुकका तेल घिय त्याई प पुुर्‍याउला ।
बस बैना नवदुुर्गा हियाइन शंकर । ओ हियाइन शंकर ।

चर्चामा

सम्बन्धित समाचार