
बाजुरा— सरकारले सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको एकीकृत विकासका लागि विशेष योजना अघि सारेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सुदूरपश्चिमका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको विशिष्ट पर्यटकीय चतुर्दीक विकास अगाडि बढाइने बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले बाजुराकाे बडीमालिका, खप्तड क्षेत्र, अछामको रामारोशन, डोटीस्थित शैलेश्वरी, डडेलधुराको उग्रतारा तथा दार्चुलाको मल्लिकार्जुन क्षेत्रलाई समेटिने बताएका छन् ।


