शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाउँपालिकामा बिस्थापित १ सय ३७ परिवार बिच्चलीमा

हिमाली गाउँपालिकामा बिस्थापित १ सय ३७ परिवार बिच्चलीमा

  • बुधबार, असार २३, २०७८
हिमाली गाउँपालिकामा बिस्थापित १ सय ३७ परिवार बिच्चलीमा

बाजुरा–बाजुराको दुर्गम हिमाली गाउँपालिकामा पहिरोका कारणले बिस्थापित भएका १ सय ३७ परिवार बिच्चलीमा परेका छन् । वडा नम्बर-४ को फैती गाउँका ४० र वडा नम्बर ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।
गाउँभन्दा तल निर्माण गरिएको सडकका कारण घरहरू भासिएको देखिएको छ । ‘सडकले गाउँको तल्लो भाग खनेकाले गाउँ नै भासिएको रहेछ,’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि फर्केका इलाका प्रहरी कार्यलय कोल्टिका इन्चार्ज प्रहरी निरिक्षक देबेन्द्र जोशीले वताए । ‘गाउँ नै चिराचिरा परेर भासिएको छ । कुनै घर भत्किसकेका जोशीले वताए । जमिन भासिएर कमजोर भएपछि गाउँको बीचभाग भएर बग्ने खहरे खोलाले पनि कटान गरेकाले झन् बढी क्षति भएको उनले बताए ।
गाउँ तल बाट सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा भर्खर निर्माण हुँदै गरेको रुगिन-बिच्छिया पहुँचमार्गका कारण गाउँमा पहिरो खसेको हो । एक हप्ता पहिला देखी उनीहरूले गाउँभन्दा एक घण्टा परको जोरगाउँ जंगलमा आश्रय लिएका छन् । ‘कोही भैंसीको खर्कमा गएका छन् । पाल हुनेहरू पाल हालेर बसेका छन । नहुनेहरू कोही ओडारमा, कोही स्याउलाको ओत बनाएर बसेका छन् । हामी जंगलमा छौं,’ वडा सदस्यसमेत रहेका पीडित वीरबहादुर बुढाले भने, ‘चिसो भुइँमा सुत्नुपरेकाले धेरै जना बिरामी हुन थालेका छन ।’
बस्ती रहेको ठाउँको तल सडक र माथि दुवैतिरबाट निरन्तर पहिरो खस्न थालेपछि घर छाडेका सबैलाई खाद्यान्न र खानेपानीको पनि समस्या भएको उनले बताए । खोलाको धमिलो पानीले प्यास मेटाउनुपरेको स्थानियले वताएका छन् । पहिरोका कारण जंगलमा बस्नुपर्दा महिला र बालबालिकालाई बढी समस्या भएको विस्थापित परिवारकी मनसरी बुढाले बताइन् । ‘खाने गाँस छैन । बालबच्चा भोकभोकै छन् । खुला ठाउँमा बस्नुपर्दा सबैभन्दा बढी हामी महिलालाई समस्या भएको छ,’ उनले भनिन् । ३ सय ५० महिला र बालबालिका सहित ६ सय जना विस्थापित भएका गाउँपालिकाले जनाएको छ ।
बिस्थापित ठाँउ विकट भएकाले राहतको व्यवस्थापन गाह्रो परेको गाउँपालिका कार्यालयले जनाएको छ । पीडितहरूलाई राहत पुर्‍याउनका लागि प्रयास गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । पहिलादेखि नै भोकमरीको चपेटामा रहेकै बस्तीलाई पहिरोले घेरेपछि दीर्घकालीन व्यवस्थापन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई आग्रह गरेको उनले बताए ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सुरक्षाकर्मीको टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर आइतबार सदरमुकाम फर्किएको बताए । ‘पहिरोपीडितलाई राहतस्वरूप बाँड्न ३० क्विन्टल चामल र पाल गाउँपालिकालाई उपलब्ध गराइएको वताएका छन् ।
सडक बनाउँदा प्राविधिक रूपमा ध्यान नपुगेकै कारण गाउँलेको बिचल्ली भएकाले तात्कालिक र स्थायी प्रकृतिको व्यवस्थापनका लागि पहल गरिरहेको गाउँपालिका अध्यक्ष गोविन्द मल्लको भनाइ छ । ‘अघिल्लो वर्ष पनि यो गाउँमा बाढीले क्षति गरेको थियो । प्रदेश सरकारले गाउँपालिकासँग समन्वय नै नगरी सडक निर्माण गरेका कारण विपत् आइलागेको उनको आरोप छ ।

चर्चामा

सम्बन्धित समाचार