बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिचार र ब्यबाहारको तालमेल बिना संगठन चल्दैन

बिचार र ब्यबाहारको तालमेल बिना संगठन चल्दैन

  • बुधबार, असार २३, २०७८
बिचार र ब्यबाहारको तालमेल बिना संगठन चल्दैन

 सुरेशकुमार पान्डे।
संगठनको बिकाश कसो गरि हुन सक्छ भन्ने कुरा प्रवाशमा संठन गर्ने साथिहरुलाई बढि ज्ञानछ।हाम्रो बिचार र ब्यबहारमा एक रुपता भैन भने संगठनको बिकाश त हुँदैननै हामि आफै पनि जनता बाट पतन हुनसक्छौँ।लामू समय देखि दायाँ बायाँ नलागेर संगठनको दरिलो खम्बा बन्ने निस्वार्थ जनतामा आँखामा रातिगेडि राख्दा नबिजाए जस्तै आफु जस्तै जनताको माझमा भिज्न सक्नुपर्छ।
सामाजिक काम गर्ने मान्छेका कयौँ दुश्मनहरु पनि हुन्छन।हामिले जुन समाजको प्रतिनिधित्व गर्छौँ त्यो समाजका दुश्मन त हाम्रा दुश्मन हुनेनै भए तर कहिले काँही आफ्नै बर्गभित्रका कतिपए स्वार्थि अवसरबादहरु पनि जानि वा नजानि दुश्मन बनेका हुन्छन।
यो छुट्टै कुराहो संगठनको कार्याप्रणालि चित्त नबुझेर संगठन बाट बहिगर्मित हुनु वा संगठन बाट अनुसाशनको पालना नगर्दा कार्वाहीमा परेपछि पलाएन वा पतन हुनु त्यो खासै महत्वको बिषय होईन त्यो संगठनमा लगातार देखा पर्ने पद्धत्ति हो।तर संगठनलाई जानेर नोक्सान पुराउँनेहरु संगठनको दुश्मननै हुन तिनिहरुको बिरुद्धमा भण्डाफोर्ड गर्ने संगठनका प्रत्येक ईमानदार कार्याक्रताको भुमिका र दाईत्व हुन्छ।कतिपए समयमा संगठनमा थुप्रै मौका परस्त तत्वहरुको आउँने जाने वा फर्किने क्रम पनि हुन्छ यो अबस्थामा कयौँ कार्यक्रताहरु लाई चिन्न कठिन हुन्छ।यस्ता ब्याक्तिलाई समय र परिस्थितिले चिनाउँछ समय ढिलो चाँडो हुनसक्छ।संगठनमा काम गर्नु प्रमुख कुरा होईन प्रमुख बिषयहो संगठनमा कुन उदेश्यले कुन अबस्थामा काम गरेको हुन्छ त्यसबाट हामिले उस्को किरदार बाट मात्र ब्याक्तित्वलाई छुट्टाउँन सक्छौँ।
संगठनको प्रमुख अङ्गको रुपमा रहेको जस्लाई मेरुडण्ड भनिन्छ त्यो अनुसाशनहो।अनुसाशनको पालना गर्ने, आफुलाई लागेको जिम्मा सहर्श स्विकार्ने र चित्त नबुझेको बिषयलाई निर्धारित ठाउँमा उठाउँने ब्याक्तिलाई अनुसाशित भनिन्छ तर उस्को जनता प्रतिको ब्यबहारलाई पनि हेर्नुपर्छ जनतामा उस्को कस्तो प्रकारको ब्यबहार बोलिचाली उस्को सम्पुर्ण आचरण लाई मुल्याकन गर्नुपर्छ।जस्को बारेमा जनताले हेरि रहेका हुन्छन यदि हामिले त्यो ब्याक्तिलाई लागेको रोग देख्न सकेनौ भने त्यो बाक्ति बाट हाम्रो समाजमा सरिसकेको हुन्छ र बिस्तारै संगठनलाई नोक्सान पुग्दैजान्छ।सबै भन्दा खतरनाक बेगबाईटिङ् जँहा पायो त्यँही बोल्ने वा गुटबन्दि गर्ने ब्यबहार संगठनलाई ठुलो नोक्सान पुराउँने तत्वहुँन।यो संगठनमा सरुवा रोग बनेर फैलिदै जान्छ र संगठनलाई खान्छ।जस्लाई माओले गहुँमा लागेको घुनको संज्ञा दिएकाछन।
भारतमा अहिले त संगठन गर्न धेरै सजिलोछ,टेक्नोलोजिको बिकाशले पनि धेरै सौलियत गराएकोछ।संगठनको बारेमा कुरा गर्न डर लाग्दैन बसेको बसैई फोन र अन्या नेटको सहारा बाट एकैछिनमा भारत ब्यापि प्रचार हुन्छ।तर सन १९७९तिर त्यसो थिएन।हामि संगठनमा लाग्दा भजन कृतन गर्ने गर्थ्यौँ सन १९८१मा म संगठनमा लाग्दाको अबस्था अत्यान्तै अशुरक्षित थियो।छुट्टिका दिन जुवा खेल्नेगर्थे साथिहरु,एकता समाज तिर उनिहरुलाई आकार्सित गर्न लडाई पनि हुन्थ्यो कयौँले चाकु लाठी लिएर आउँथे।
सम्मेलन गर्ने ठाउँमा हामिले स्वाँय सेबक खटाउँनु पर्थ्यो सम्मेलन बिथुल्न हुल बानेर आउँथे।पञ्चेहरुले जासुशि गर्न पनि खटाउँथे।त्यस्तो भयाभाव अबस्थामा पनि साथिहरुले निडर भएर संगठनको बिकास गरियो।
यति ठुलो दुःख सँग आर्जेको यो विस्वबिध्यालय लाई कसैले तहश नहश गर्न खोज्दा पुराना साथिहरुलाई खपि खानु हुँदैन।मुटुमा ज्वाला बोल्छन।हामिले बिजय शर्माले फुटेर जाँदा खेरिबाट यो फुटप्रस्तको बारेमा अध्यायन गर्दै आएकाछौँ।फुट प्रस्तहरुको अबस्था दयानियनै भएको हुन्छ।त्सपछि धेरै साथिहरु फुटेर गए हामिले संगठनलाई छैटौँ सम्मेलनमा केन्द्रिय समितिको बहुमतनै आफुतिर पार्ने उदेश्यले त्यो बेला ठुलो शड्यन्त्र पनि गिरधारीलाला र डिलारामहरु बाट भयो।हामिले त्यो बेलाको पाईनलको बारेमा पनि आवाज उठाएका थियौँ कयौँले गद्धारि गर्ने र फुटप्रस्तको सेवागर्ने काम भयो।कयौँ त्यसमा लागेकाले बद्लाको भावनाले आकार्मण गर्ने कामपनि भयो।
मेरो बिचारमा साथिहरुले संगठनमा बहुमत फुट्प्रस्तको बनाएर संगठनको भौतिक सम्पति समेत खोस्ने योजना त्यो बेला बनाएकाथिए।तर त्यो उनिहरुको शड्यन्त्र सफल हुन सकिन। जेहौश संगठनमा मानिसहरु आउँने जाने लहर चलिनै रहन्छ बिचारहरु पनि बिभिन्न खाले जन्मिन्छन।कयौँ संगठनका हितमा कयौँले संगठनलाई नोक्सान दिनेखालका पनि हुन्छन त्यो एउटा बिषयहो।तर जानबुझेर संगठनको लोगो लाई नोक्सान पुराउँने खालको ब्यबहारको हामिले सदैबिरोध गर्दै आएकाछौँ।जो साथिहरु लाई अनुसाशनको कार्वाही भयो उँहा हरुपनि आत्मलोचना गरेर कार्वाही बाट बहाल हुनसक्नु हुन्छ।संगठनमा उँहाहरुको पनि योगदानछ।जनताको रगत र पसिनामा हुर्केको संगठनलाई नोक्सान पुग्नेखालको र कुनै ब्याक्तिको चरित्रहत्या गर्ने खालका अभिब्याक्तिहररु दिएर आकास तर्फ थुक्नु भने हुँदैन।हाम्रो बर्ग एउटैहो हामि एउटै शन्तानहौँ।अहिले आबेसमा आएर कसैले पनि एक अर्कामा गलत आरोप झुट्ठा गालिगलौच आदी नगरौँ।भारतमा हामि संगठन बिन बाँच्न गरैछ।यँहा हाम्रो बिचमा दिनौ दिन कयौँ समस्याहरु आईपर्छन।भोलिका दिनहरुमा ति समस्याहरुलाई हामिलेनै मिलेर शुल्झाउँनुपर्छ।देशभित्रको पनि अहिले जटिल समस्याछ।सरकारले नागरिकता बिधायकलाई खोकलो पारेर बिदेशिहरुलाई देशमा भर्ने शड्यन्त्र गर्दैछ।ओलिको तानाशाही असम्बैधानिक र प्रतिगामि ब्यबहारको बिरुद्धमा पनि दरिलो आवाज उठाउँने खाँचोछ।भारत स्थित नेपालीहरुको एकजुटताले हाम्रा जल्दा बल्दा समस्यहरुको समाधान हुनसक्छ।

चर्चामा

सम्बन्धित समाचार