शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका दुुर्गम गाउँमा एकघर एक धारा निर्माण

बाजुराका दुुर्गम गाउँमा एकघर एक धारा निर्माण

  • शुक्रबार, जेष्ठ २८, २०७८
बाजुराका दुुर्गम गाउँमा एकघर एक धारा निर्माण

बाजुरा–बाजुराका जिल्लाका दुुर्गम चारवटा गाउँमा एकघर एक धारा निर्माण भएका छन् । स्वामिकार्तिक खापर गाउँपालिका ४ छापु र सोही गाउँपालिका ५ जेरा गाउँमा घर पिच्छे धारा निर्माण क्रममा रहेका छन् । त्यस्तै गौमुल गाउँपालिका ३ माझँपालि र वडा नम्बर १ अम्लिस गाउँमा एकघर एक धारा निर्माण भएर खानेपानी सञ्चालनमा आएको छ ।

गाउँपालिका, ग्रामिण जलस्रोत परियोजना तेस्रो चरण, फिनल्याण्ड सरकार/युरोपियन युनियन र जनश्रवदानमा एकघर एक धारा निर्माण भएको हो । एकघर एक धारा निर्माण भएपछि पानिको समस्या बाट भोग्दै आएका स्थानियलाई सहज भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका ४ छापुमा ७५ घरधुरी र सार्वजनिक कार्यलयमा समेत गरि ७७ वटा धारा निर्माण गरेर खानेपानि सञ्चालनमा आएको खालुखोरे निजि धारा खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष अक्कल नाथ योगिले वताएका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिका ५ जेरामा १ सय ९९ परिवारका प्रत्येक घरमा धारा निर्माण अन्तिम चरणमा पुगेकाे छ । त्यस्तै गौमुल गाँउपालिका ३ माझपालिमा ४८ घर र वडा नम्बर १ अम्लिस गाउँमा रहेका ५४ परिवारका प्रत्येक घरमा धारा निर्माण भएको ग्रामिण जलस्रोत परियोजना प्राबिधिक सहकर्ता तेज बहादुर बोहोराले वताएका छन् । धारा निर्माण सँगै खानेपानि समेत सञ्चालनमा आइसकेको बोहोराले वताए । पानि लिन धेरै समय खर्च गर्नुपर्ने समय समेत बचत भएको छ ।
धारा निर्माण सँगै तालिम प्राप्त मर्मत सम्भार कार्यकर्ता राखिएका छन् । पानिमा कुनै अबरोध भए मर्मत सम्भार कार्यक्रर्ताले बनाउने गरेको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए । एकघर एक धारा निर्माण भएपछि गाउँलाई पुणर् सरसफाई क्षेत्र बनाउनमा निकै सहज भएको रोकायाले वताए । गाउँमा खानेपानि नहुदा शौचालय समेत प्रयोग बिहिन हुने गरेका थिए, अहिले एकघर एक धारा निर्माण भएपछि गाउँपनि सफा र सुुग्घर बन्दै गएको अध्यक्ष रोकायाले वताएका छन् ।
खानेपानि मर्मत सम्भार कार्यक्रतालाई मासिक २ हजार पारिश्रमिक दिने गरेका छन् । समुदायले मर्मत सम्भार कोष समेत स्थापना गरेका छन् । पानि महसुलको न्यूनतम महसुल प्रतिधारा १ सय रुपैया तिनुपर्ने रहेको छ, त्यो भन्दा बढि प्रयोग भएमा प्रति महीना प्रति युनिट दश रुपैया तिनुपर्ने रहेको छ । नयाँ धारा जडान गर्दा जनश्रमदान नगरेकोलाई प्रति धारा ५ हजार र जनश्रमदान गरेकोलाई प्रति धारा २५ सय लिने गरेका छन् । लामो समय देखी खानेपानि समस्या भोग्दै आएका यि चार गाउँमा घरपिच्छे धारा निर्माण भएपछि निकै सहज भएको छ ।

चर्चामा

सम्बन्धित समाचार