शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • घाटमा ठाउँ नहुँदा पार्कमा हुनथाल्यो अन्तिम संस्कार

घाटमा ठाउँ नहुँदा पार्कमा हुनथाल्यो अन्तिम संस्कार

  • बुधबार, बैशाख १५, २०७८
घाटमा ठाउँ नहुँदा पार्कमा हुनथाल्यो अन्तिम संस्कार

भारतको राजधानी नयाँदिल्लीमा जुन अनुपातमा संक्रमित संख्या बढिरहेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या अकासिएको छ। यसैकारण नयाँदिल्लीमा अहिले अन्त्येष्टि गर्ने स्थल (घाट र शवदाह गृह) नै अपुग भएको छ। शवदाह गृह तथा घाटमा दाहसंस्कार गर्न स्थान पर्याप्त नभएपछि नयाँदिल्लीका विभिन्न पार्कमा अस्थायी घाट निर्माण भइरहेको छ। निर्माणाधीन अस्थायी घाटमै अन्त्येष्टिको काम भइरहेको भारतीय एजेन्सीहरूले जनाएका छन।

याँदिल्लीमा कोरोनाको दोस्रो लहर सुनामीको अवस्थाजस्तै छ। सोमबार मात्र यहाँ तीन सय ८० संक्रमितको निधन भयो। यो एक सातामा दिल्लीमा एक हजार एक सय ५० जना संक्रमितको निधन भएको छ। मृतकका आफन्त घन्टौँसम्म कुर्दा पनि पालो आउँदैन। हुन त राजधानी नयाँदिल्लीमा मात्र यस्तो समस्या होइन। भारतका विभिन्न सहर र राज्यमा पनि संक्रमित मृतकको अन्तिम संस्कार गर्न कठिनाइ भइरहेको छ। त्यस्ता स्थानमा शवदाह गृह तथा घाट पर्याप्त नभएका कारण नै अन्त्येष्टि गर्न पनि समस्या आइपरेको हो।

शवदाह गर्ने स्थानमा मृतकका परिवारले नै सहयोग गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन। उनीहरूले अन्तिम संस्कारका लागि आवश्यक पर्ने सामग्री संकलन गर्ने तथा दाउरासमेत मिलाउने काम गरिरहेका छन।

समयमै त्यस्ता अतिआवश्यक सामग्री उपलब्ध हुँदा आफ्नो पालो छिटो आउने विश्वास उनीहरूको छ। दिल्लीमा केही पार्कलाई अन्त्येष्टिस्थल बनाउन तीव्र गतिमा काम भइरहेको छ। घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्ति पाउन मृतकका आफन्तले दिल्लीमा रहेका ठूला पार्क, पार्किङस्थल तथा खेलमैदानलाई तत्काल अस्थायी घाटका रूपमा प्रयोग गर्नुपर्ने माग राखेका छन। दिल्लीकै सरायकाले खान शवदाहस्थलनजिकै २७ नयाँ प्लेटफर्म बनाइएको छ।

नयाँदिल्ली नगर निगम यमुना नदीको किनारमा अस्थायी अन्त्येष्टि स्थान बनाउने तयारीमा छ। यसका लागि निगम उपयुक्त स्थानको खोजीमा छ। सरायकाले खान शवदाहमा २७ नयाँ प्लेटफर्म बनाउन कर्मचारीहरू रातदिन खटिरहेका छन। यसैगरी, गाजीपुर शवदाहस्थलमा रहेको पार्किङस्थल प्रयोगमा ल्याउने भएको छ। यहाँ २० नयाँ प्लेटफर्म बनाइनेछ। गाजीपुर शवदाहमा कार्यरत एक कर्मचारीले अन्तिम संस्कार पूरा हुन कम्तीमा ६ घन्टा लाग्ने गरेको बताए।

यसैकारण अरूको पालो आउन घन्टौँ लाग्ने गरेको उनको भनाइ छ। कोरोना महामारीविरुद्ध लागिरहेको गैरसरकारी संस्था सेन्टर फर होलिस्टिकका प्रमुख सुनीलकुमार अलेदियाले दिल्लीमा तत्काल घाटहरू निर्माण गर्नुपर्ने बताएका छन। सोमबार २४ घन्टाभित्र भारतमा तीन लाख ५२ हजार नौ सय ९१ र मंगलबार तीन लाख २३ हजार एक सय ३३ जना थप नयाँ संक्रमित भएका छन। भारतमा अहिलेसम्म एक लाख ९२ हजार संक्रमितले ज्यान गुमाएका छन।

चर्चामा

सम्बन्धित समाचार