शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • सरकारले बेवास्ता गरेको मुक्त हलिया समुदायको आरोप

सरकारले बेवास्ता गरेको मुक्त हलिया समुदायको आरोप

  • शनिबार, चैत्र २१, २०७७
सरकारले बेवास्ता गरेको मुक्त हलिया समुदायको आरोप

बाजुरा — सरकारले मुक्त हलिया समुदायका सवालका बारेमा सरकारले बेवास्ता गरेको हलिया समुदायले वताएका छन् । मुक्त हलिया समुदाय चरम खाद्य संकट साथै बिभिन्न समस्याले भोगिरहेका भएपनि सरकार बेखबर बनेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालबिर सार्कीले वताएका छन् ।
जिल्ला हलिया मुक्ति समाज र बुढिनन्दा नगरपालिका १ पिपलडालिका हलिया समुदाय बिच भएको छलफलमा सरकारले समुदायका मुद्धामा बेखबर रहेको वताएका छन् । नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो । नेपाल सरकारको तर्फबाट तत्कालिन शान्ति तथा पुन निर्माण मन्त्री जर्नादन शर्मा र राष्ट्रिय हलीया मुक्त समाज बिच ५ बुधे सम्झौता भई मुक्त हलिया घोषणा गरेको थियो ।
सरकारले मुक्त हलिया घोषणा गरेपनि भने हलीया प्रथा उन्मुलन हुन सकेको छैन् । बाजुरामा १७ सय भन्दा बढि हलीया रहेका जिल्ला हलीया समाज बाजुराले जनाएको छ । सरकारले तथ्याङ्क संकलन १६ सय ३४ जनाको भएको थियो । तर प्रमाणिकरण भने १३ सय ११ मात्र रहेका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

No description available.
सरकारले हलीयाहरु सगँको सम्झौता अनुसार हलिया मुक्त घोषणा भने सरकाले तुरुन्त गरेको थियो, साथै केही परिवारलाई थोरै पुर्नस्थापनाका लागि सहयोग गरेको थियो । बाँकि सहमति अनुसार साहुबाट लिएको ऋण मिनाहा, मूक्तिपछि आइपर्ने सुरक्षा व्यवस्था लगाएतका कुरा भने अझै कार्यान्वयन नहुदा हलियाहरु समस्यामा परेका मनबिर सार्कीले वताएका छन् । उनिहरुले चाडै आन्दोलनका कार्यक्रम घोषणा गरेर अगाडि बढने वताएका छन् । जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष लालबिर सार्कीले भने समुदाय सँग सहकार्य गरेर सवालका बारेमा अघि बढने वताएका छन् ।
बुढिन्नदा नगरपालिका १ पिपलडालिका मनविरे लुवार बर्षभरी साहूको हलो जोत्ने काम गर्छन् । त्यस काम बाफत १ बोरा धान र १ बोरा गहूँ मात्र पाँउछन् । त्यसले पनि खान पुग्दैन । बाँकी समय स्थानिय कोल्टि बजारमा गएर ज्याला मजदुरी गरेर परीवार पाल्दै आएका छन् । पिपलडालिका दलित समूदायका ४८ परिवारको बसोवास रहेको गाउँका सवैै स्थानीय गैर दलितको हलिया बसेका छन् । सरकारले हलिया मुक्त घोषणा गरेको भएपनि पुर्नस्थापना नगर्दा हलिया बस्न बाध्य भएका दलित अगुवा प्रेम विकले बताए । उनले भने खान लाउन पुग्दैन्, अनि बाध्य भएर साँहुको हलिया बस्ने गरेको बताए ।
यी जस्तै जिल्लामा रहेका १७ सय भन्दा बढि हलियाको अबस्था उस्तै छ । उनीहरु अहिले साहु प्रति सामन्य गुनासो पनि गर्दैनन् । गुनासो गरे साहुले आफूबाट लिएको ऋण पनि माग्ने र हलिया समेत छुटाई दिए के गर्ने भन्ने पीरले आफूहरु जस्तो सुकै कष्ट समेत सहन बाध्य भएको जयमल बिक बताउ“छन् । अर्को आर्थिक अभाबले बर्षौ देखि हलिया महिलाहरु रोग पाल्दै आएको स्थानिय मुक्त हलिया जयमल लुवारले वताएका छन् । कडा परीश्रम, धेरै बच्चा जन्माउने, सुत्केरी भएको बेला आराम कम हुने भएकाले उनिहरुको स्वास्थ्य कमजोर हुनुका साथै बिभिन्न रोगको संक्रमणमा पर्दै आएका छन् ।
आफ्नो श्रीमति विरामी भएको लामो समय भईसक्दा पनि उपचार गर्न नसकेको उनले वताए । दैनिक काम गरेर मात्र बिहान बेलुकाको छाक्क टार्ने गरेका छौ, उपचार गर्ने रकम कहाँ बाट ल्याउने जयमलले भने । गाँउमा रहेका स्वास्थ्य चौकिमा सामान्य रोगको उपचार मात्र हुन्छ । गम्भिर खाले रोग भएमा यहाँका महिलाहरुले धनगढी, नेपालगञ्ज र भारत जानु पर्ने बाध्यता रहेको छ, त्यहाँ जानलाई आर्थिक अबस्था कमजोर भएकाले बर्षौ देखि रोग पाल्दै आएको हलिया अगुवा गोरख विकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार