शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हार्दिकश्रद्धाञ्जली!

हार्दिकश्रद्धाञ्जली!

  • शुक्रबार, चैत्र ६, २०७७
हार्दिकश्रद्धाञ्जली!
                  सुरेशकुमार पान्डे

हाम्रो आदर्णय दाजु नेमलाल पाण्डे ज्यु को गत रबीवार रातीको१२:२१बजे ६६बर्षको अल्प आयु मै निधन भयो।उहाको जनम १०-मंसिगर २००११सालमा काउली पनि (साबिक स्युउजा गबिस)बाङ्गला चुली गाउँ पालिकामा भयको हो।हामि बुबा रेवती प्रसाद पाण्डेका आठ भाई बैना मध्य उँहा एउटी दिदि पछिका र हामि छ भाई बैना अघिका हुँनु हुन्थ्यो।म भन्दा मुनि कि एउटी बैनी शोभा खनाल केहि बर्ष पहिले भारतमा हरियाणा को रोतकमा उपचारकै दौरानमा बितेकी थिईन र रोतककै सम्सान भुमिमा दाँ स्कार गरिएको थियो।हामि आफ्नो देशमा रोजगार नभयपछि छिमेकी मुलुकमा सानै देखि बाल मज्दुर भएर आउँनु पय्रो।
अहिले हाम्रा दाज्जुको पनि भारतमै उपचार गराउँन ल्यायको बेला घरफर्किँदा निधन हुन पुग्यो।
हामि नेपालीहरु आफ्नो देशमा मर्न समेत पाउँदैनौ।भन्नेकुराको प्रमाण यँहा भन्दा के हुँनसक्छ।हजारौ हजार नेपालीहरु आफ्नै देशमा मर्न समेत पाउँदैनौँ।देशमा राम्रो अस्पत्ताल नहुँदा उपचारको लागि भारतिय भुमिमा आउँनु हाम्रो बाध्यता भएकोछ।हाम्रो देशमा राम्रो र शुलभ उपचार हुँने भय यो बिचल्ली हुँदैन थ्यो।अहिले हामिले आफ्नो अभिभाबक गुमाउँनु प्रदाको पिडा असहनियछ।
जीवनमा हामि केहिदिन यसरी सँगै बस्यौँ तर कोलहालको अबस्थामा।हाम्रो दाजु अल्प आयुमै मरेर जानु भयो यो एउटा हृदय बिदारक घटना हाम्रो परिवारमा घट्यो तर यो नत पहिलो हो न अन्तिम।सयौँ लाशहरु बिभिन्न देशबाट जनम भुमिमा फर्किन्छन दिनौ देशकाकुना कुनामा रुवाबाश हुन्छ।वास्तबिक रुपमा हाम्रो देशको अबस्थाले यस्तो हुँन पुगेकोछ। देशलाई बिकाशको नाममा सातौटा टुक्रा पारेर जँहा खानेपानी समेतको प्रबन्ध छैन त्यसलाई पनि उप महानगर पालीका बनाई दिएकोछ।सामन्या उपचार हुन सकेको छैन।बिमारी निको गराउँनुको साटो झन बढाई दिन्छन अनि भारतमा रेफर गर्छन।यस्तो निन्दनिय अबस्थाछ हाम्रो देशको।सानामा मलाई ताते गराउँने काँधमा बसालेर घुमाउँने हाम्रा दाजु आज हाम्रो बिचमा रहनु भैन।
मैले सर्व प्रथम शंघर्षको शिक्षा उँहा बाटनै पाएँ,म साँनो छँदा उँहा लाहुरे हुँनु हुन्थ्यो।कलिलैमा परदेशमा आएर ड्राईवरी काम सिक्नु भयो र जीवनमा धेरैजसो ड्रईवरी गर्नु हुन्थ्यो।निडर लडाकु बलियो ब्याक्ति हुँनु हुन्थ्यो।
भारतको दिल्लि स्थित ईन्द्रपुरीमा उँहा सँग पहिलो पल्ट स्वदेशबाट म भेट गर्न भनेर आँएको थिएँ त्यहिबाट मेरो प्रवाशी जिवनको सुरुवात भयो।
हाम्रो बिच मैले चाल पाउँने भयपछि राम्रो सम्बन्ध रहँदै आयो।मलाई बेला बेलामा शिक्षा दिने,होशला दिने गर्नु भयो।यद्यापि उँहा बा बिते पछि छुट्टिनु भयको थियो तरपनि हाम्रो बिच राम्रो शम्बन्ध रहिरह्यो।मैले उँहालाई छुट्टेको दाई भनेर कहिलै सोचिन।कुनै काम गर्नु पर्दा सदै उँहाको राय सल्ला लिन्थे।
पञ्चायति कालमा मैले संगाठानिक कामको सिलसिलामा हिँड्दा उँहाले मलाई संगठनमा यसरी खुलेर हिँड्नु ठिक होईन।तैँले गरेको काम नराम्रो पक्कै पनि छैन भाई तर पनि तँ भोलीको दिनमा प्रसाशनको हात परिस भने नोक्सान हुँनेछ भनेर उँहाले शंझाउँनु भयको मलाई अहिले सम्रण हुँन्छ। भर्खरै जस्तो लाग्छ हामि बुट्वलको कम्युनिष्ट संग्राहलयमा छोरा सुदेबको बिहेमा सँगै बसेका थियौँ।उँहाका कयौँ बिचारले मलाई अंघि बढ्ने प्रेणा दिएकोछ।
दाजुले मलाई बेला बखतमा राम्रो शिक्षा दिने गर्नुहुन्थ्यो। मानिशमा सबै सबल पक्ष हुँदैन कुनै दुर्लव पक्षपनि हुन्छ।त्यस्तै हामि सबैमा कमि कम्जोरी पनि हुन सक्छ।तर पनि उँहाले ईमान्दारी र आफ्नो कडा परिश्रम बाट आफ्नो राम्रो ब्यबस्था मिलाउँन सफल हुँनु भयको थियो।अहिले उँहा उरहरी गाउँ तुल्सिपुर उप महानगर पालिका मा रहँदै आउँनु भयकोथियो।
हामि एउटै बाउको छोरा एउटै घरका भएपनि म प्रयाजसो भारतमा नोकरी गर्छुँ र उँहाले केही बर्ष देखि घरमै खेति किसानी गर्दै आउँने क्रममा हाम्रो भेट अलि पातलो हुँने गर्थ्यो।तर पनि फोन सम्प्रक गरेर भयपनि आबस्याक काम परेमा मैले उँहा सँग राय सल्ला लिन्थे।अहिले पनि गत हाम्रो छोरीको बिबहाको द्वौरान उँहा सँग सल्हा लिएँको हुँ तर त्यो बेला उँहा बिमार भयकोले बिबहामा सामिल हुँन सक्नु भैन पछि भाउजु आएपछि हाम्रो भेट भयो।जसरी तसरी हामी उरहरी गयौँ र एकरात बस्यौँ उँहाले आफै भान्शा टेबुलमा लगाउँनु भयो। त्यो बेला उँहा अलि ठिक देखिन्नु हुन्थ्यो।
हामि भारत आएको दुई मैना पछि उँहा सिरिएस बिमारी भयको सुचना पायौँ,लामु समय देखिको बिमारी निको नभयपछि नेपाल गञ्जमा छोरी शिवाले लिएर जचाएपछि मैले दाईको नम्बरमा फोन गर्दा छोरीले उठाईन बुबा बोल्न सक्नु हुँदैन माईलो बा भनेर उन्ले रिपोट आएपछि बिमारी थाहा लाग्छ भनिनन् तर पछि फोन आएन।एक्कासी जञै मेघराज ज्युको फोन आयो उँहाले सिरियस हालात छ ईण्डिया लिएर आउँछौ भन्नु भयो।
मैले होईन बरु काठमाण्डु तिर लगे हुँदैन भनेर प्रश्न गरे,तर दिल्लिनै उपयुक्त होला भन्ने गुनासो आयो।ठिकैछ ल्याउँनुस तर त्यँहा बाट रैफर गराएर भने उँहाले त्यही गर्नु भयो।उँहा दुई भाई छोरा र दाजु भएर “सर गंगाराम होस्पिटल” न्यु दिल्लि मा जचाउँदा हामि दुईजना पुग्यो।डा.ले दिएको औषधीले केही फरक परेको देख्दा हामि सबै खुसि भयौँ डाक्टरले भर्न गर्न पर्दैन भन्यो र हामिले लिएर गुरुग्राम मेरो बास स्थानमा गयौँ।हाम्रा सम्मानिय जुञैको प्रयासले मलाई थोरै समय भयपनि आफ्नु बाबा समान आदर्णिय दाजुको सेवा गर्ने अवसर प्राप्त भयो।
तिन चार दिन उँहा लाई ठिक हुँदै गएको थियो,हामिले पनि डा.ले बिमारी फेला पाय्रो अब ठिक हुँन्छ भन्नेमा थ्यौँ।जुञै र कान्छो छोरा स्वदेश फर्किए तर बिस्तारै दाजुलाई निको हुँनुको साटो अरु दाबदै गयो।
उँहाको बोली बन्द भयको ले गला देखाउँन लाई डाक्टर कँहा पुरायौँ उस्ले घाँटीको फोटा खिच्यो त्यस पछि बिस्तारै उँहाको हालत झनै खराब हुँदै गयो।निरन्तर औषधी उपचार र टेष्ट गर्ने क्रममा उँहा केन्सरले ग्रस्त भयको र अब बचाउँन नसक्ने बिचार डाक्ट्रले ल्यायपछि स्वदेशको लागि एम्बुलेन्स गरेर स्वदेश लैजाने क्रममा राति बाह्र बजेर२१मिन्टमा उँहाको दुखत निधन भयो।आफ्नै छोरा तेजप्रसादको काखमा अन्तिम स्वास लिनु भयो।
त्यो बेला मेरो छोरा शुदेब पाण्डे,अनि दाई का दुबै छोराहरु र एम्बुलेन्शा दुईजना ड्रईवरहरु मात्र थिए।छोराहरु तेजप्रसाद लगायतकाले धेरै सेवा दिन रातगरे का थिए।अहिले उँहाको तेरवाँ दिनमा उँहाको आत्मिय शान्तिका लागि हार्दिक श्रद्धांजलि अर्पण गर्दछौँ।

चर्चामा

सम्बन्धित समाचार