शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेवि संघ नेताहरुलाई तत्काल रिहा गर्न महामन्त्री तिमिल्सिनाको चेतावनी

नेवि संघ नेताहरुलाई तत्काल रिहा गर्न महामन्त्री तिमिल्सिनाको चेतावनी

  • सोमवार, फाल्गुन १७, २०७७
नेवि संघ नेताहरुलाई तत्काल रिहा गर्न महामन्त्री तिमिल्सिनाको चेतावनी

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ निकट विद्यार्थी नेताहरु पक्राउ परेका घटना प्रती नेबिसंघ केन्द्रीय समितीले बिरोध जनाएको छ ।
आज नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री के पि शर्मा ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।

No description available.

प्रधानमन्त्री ओली लाइ कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेवि संघका प्रताव बानिया, अशिम शुवेदी, सन्देश ठकुरी, रमेश चन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका अध्यक्ष राजिब ढुंगानाले बिज्ञप्ति मार्फत जानकारी दिए ।
भ्रष्ट र प्रतिगमनका मतियार प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा प्रहरी दमनको भरमा सत्ताको आयु लम्ब्याउन खोजे त्यो दिवा सपना मात्र हुने चेतावनी दिंदै संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रहरीको नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न र अन्यथा आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार