
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन्। शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार थिए ।




