बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • राजनीतिलाई कसरी बुझ्ने?

राजनीतिलाई कसरी बुझ्ने?

  • शुक्रबार, माघ ९, २०७७
राजनीतिलाई कसरी बुझ्ने?

वास्तबमा अहिले जनताहरुको मुखबाट राजनेता र राजनीति पार्टीहरुलाई सराप्ने काम भयको देखिन्छ।त्यसो हुँनुलाई अस्वाभाबिक पनि भन्न मिल्दैन।अहिले देशमा जनताले गालि गर्ने,सराप्ने बाताबर्ण बनेकैछ।राजनीतिक पार्टीहरुले दुरदर्शियतालाई अगाल्न सकेकाछैनन्।देशमा भ्रष्टचार छताछुल्लैछ,महेङ्गिलाई सरकारले नियन्तर्ण गर्न असमर्थ भयो।जनताको मनोभावना सँग नेताहरुले खेलवाड गर्दा जनतामा आक्रोश पलाउँनुलाई कसरि अस्वभाबिक भन्ने त्यो अलि गारोछ।तर यसमा राजनीतिक पार्टीहरु मात्रै दोशी छन त?के जनताको यसमा कमोबेशी भुमिका छैन?जनताले छान्दा गतिलो छानेको भयपो गतिलो र जनहितको हुँने थियो भन्ने पनि एउटा प्रश्न आउँछ।तर जनताले राम्रो नराम्रो छुट्टाउँन नसकेरनै यो अबस्था आएकोहो।उनिहरुको ब्यबहारलाई जनताले कयौँ पटक हेर्दा त बुझ्नु पर्ने हुन्छ।हामिले चिन्ने त उनिहरुको ब्यबहार नै हो।जस्ले चुनाउको बेलामा जनतालाई छक्काउँन मासु भात मदिरा फिरी गराउँछ,जित्नलाई प्रलोभन दिने धम्कि दिने पैसा बाँट्ने गर्नेहरुलाई जनताले मतदान गरेपछि त्यसको प्रतिफल त भोग्नै पय्रो नी होईनर?अहिले रिस निकाल्नु भन्दा गम्भिर भयर सोँचौँ हाम्रो कतै गलति छकि छैन र दिमाखमा जोड दिएर सोचौ यदि राजनीतिक पार्टी नभयको भय देशमा अहिले कस्तो बाताबर्ण हुँनेथियो?
हाम्रो देशमा अहिले मात्रै होईन २००७साल पछिको मात्रै ईतिहाश हेर्दा राजनीतिक पार्टीलाई बद्नाम गर्ने बाताबर्ण श्रृजना हुँदै आएकोछ।बहुदलिय ब्यबस्थालाई असफल पार्ने सडयन्त्र पनि हुँदै आएको हाम्रा अगाडिको ईतिहाशछ।
साँचैभन्दा देशभित्र राणाहरुको जहानियाँ निरंकुश ब्यबस्था१०४बर्ष सम्म टिकिरहनु राजनीतिक पार्टीहरु कम्जोर भयरनै हो।राजाहरुले २००७पछि जनतालाई अल्लु बनाएर तानासाहि ब्यबस्था देशमा लाद्नु पनि राजनीतिक पार्टीहरु कम्जोर भएरनै हो।राणाको त्यो ब्यबस्थालाई फाल्न राजनीतिक पार्टीहरुलाई कयौँ दशक बलिदानि पुर्ण शंघर्ष गर्नु पय्रो।जब राणाहरुलाई जनताले फाले ठ्याक जनता र राजनीतिक पार्टीहरु दुबैलाई छक्काउँन राजा त्रिभुवनले शडयन्त्र रचे।उन्ले यस्तो सडयन्त्र रचे आफुले बनाएको सम्विधान लाई लागु गर्न राजनीतिक पार्टीहरुलाई भने’अबको सम्विधान जनताले तजुर्मा गरेनुसारको हुँनेछ(यानिकी देशको सम्बिधान सम्बिधान सभाले निर्माण गर्नेछ)राजनीतिक पार्टीहरु राजाको त्यो सडयन्त्रमा फसे अनि देशमा बिस्तारै राज तन्त्र काबिज हुँदै गयो।
दिल्लिमा भयको सम्झौता चित्त नबुझेका डा.कुँवर ईन्द्रजीत सिहँ,जो २००७सालको आन्दोलनमा भैरवाका कमान्डर यहेका थिए।दिल्लिको सम्झौता मन पराएनन् र बिद्रोह जारिनै राखेकाले।उन्लाई डाँका घोषित गरेर भारतको सहयोगमा बन्दि बनाईयो।तरपनि उनि त्यो जेल तोडेर भागे पुन गिरफ्तार गरियो र २००८माग ८/९गते रक्षादलका सेना समेतलाई मिलाई सिहँ दरबारमा बिद्रोह गरे तर त्यो सफल भैन र उनि भागेर तिब्बत पुगे।२००९-१०मा त्रिभुवन सक्रिया बन्दै गय तर उन्को स्वास्थय बिग्रिदै जाँदा आफ्ना छोरा महिन्द्रलाई सत्ता समाल्न लगाए जो पछि २०११को चैत्र १गते राज्यारोहण भयो त्यो भन्दा पहिले देखिनै उन्लाई अधिकार दिएर उनि २०११फागुन३०गते स्विट्जरलैण्डको केण्टन अस्पत्तालमा उन्को निधन भयो।पछि त्रिभुवनले डाका घोषित गरेको के आई सिहँलाई आम माफि दिएर २०१४साल श्रलण११गते प्रधन मन्त्रि सम्म भय तर उन्लाई अशक्षाम साबित गराएर त्यो सरकार तिन मैन पछि चल्नै सकेन।२०१५सालको आम निर्वाचनमा डोटी बाट पनि हाराए।२०१७सालको महिन्दरले सत्ता कु गरेको लागि उन्ले पनि स्वाग गरेका थिए।
मैले माथिको उधारण किन दिएको हो भने राजनीतिक पार्टीहरुलाई वा उन्का नेताहरुलाई बद्नाम गर्ने र असक्षेम बनाउँन मा राजाहरुकोनै ठुलो हात रहयो।
२०४६सालमा पनि त्यहि प्रकारले प्रतिगामिहरुको योजना बद्ध रुप बाट राजनीतिक पार्टिहरुलाई र बहुदलिए ब्यबस्था समेतलाई असफल साबित गर्ने प्रयात्न भयको मात्रै होईन प्रतिगमन पनि भयको थियो।एका तिर राजनीतिक पार्टीहरुको केटौले पन अदुरदर्शियता र पदलोलुप्ता को ईतिहाशछ भने त्यसैको आडमा प्रतिगामि शडयन्त्र हुँदै आएको पनिछ।
जहिले पनि राजनीतिक पार्टीहरु लाई गालि गर्नेहरुले एउटा कुराको हमेसा याद गरौँ राजनीतिक पार्टीले गर्दानै यो जगतमा बिकाश हुँदै आएकोछ।पुरानो ब्यबस्थालाई फालेर नयाँ ब्यबस्था ल्याउँने भनेको राजनीतिक पार्टीनैहो।
हामिले देशमा आमुल परिर्तनका कुरा कस्को भरमा र कुन आधारमा गरेकाछौँ?बिना राजनीतिक पार्टी के त्यो सम्भबछ त?पक्कै पनि छैन।तर त्यो आमुल परिवर्तन गर्ने पार्टी पनि त्यहि प्रकारको हुँनु पय्रो।
हामिले जब २०४७मा सम्बिधान सभाको माग गरेर जनतामा आएको बहुदल अपुर्णछ यो कालो बहुदलहो जस्लाई राजाले खोस्न सक्छ भन्दा कसैले मानेनन्।परिणाम जब राजाले खोस्यो त्यसपछि पत्ता लाग्यो।ठिक त्यहि बेला हाम्रो भनाईनुसार सम्बिधान सभाको निर्वाचन गराएको भय त्यो अबस्था आउँदैनथ्यो।आखिरमा कयौँ युवाहरु मारिए जन धनको नाश भयो अनि बल्ल २८चैत्र२०६४मा संबिधान सभाको निर्वाचन भयो।जेष्ठको१५गते२०६५मा गणतन्त्रको घोषणा भयो तर त्यो भन्दा पहिले१६फागुन२०६४मै अन्तरिम संबिधान सन्सोधन गरेर आठ बुँदे सम्झदारी गरियो जस्ले संघियतालाई सम्बिधानमा सामिल गरायो।के यो जनताको माग थियो त?पक्कै पनि थिएन।यो थियो देशलाई सखाफ पार्ने उदेश्यले भित्रियको जो २०६३को माघमा कथित मदेशी आन्दोलनको बिचमा उठेको माग थियो।वास्तबमा २०४७मा सम्बिधान सभाको चुनाब भयको भए संघियता देश भित्र घुस्नेनै थिएन।यति बेला देशका राजनीतिक पार्टीले यस्को बिरोध गर्न सकेनन परिणाम अहिले सबैको समुन्यछ।त्यहिबेल हामि सँग यसको बिरोध गरेको भए अहिले देशको यो दुरगति हुने थिएन।
राजनीतिक पार्टीहरुको अदुर दर्शियताले गर्दा देशमा यस्ता कमिकम्जोरीहरु बिदेशीका ईसारामा शडेन्त्रमुलक ढंग बाट प्रबेश गर्न सफल भयका हुँन्छन।जसलाई शक्षेम राजनीतिक पार्टी जो देश र जनताको पक्षमा सतिशाल भयर उभिएको हुन्छ त्यसकोनेतृत्वमा जनताको सहयोगमा हटाउँन सकिन्छ।
नेपाली जनताले शहि राजनीतिक दल लाई समर्थन र सहयोग गर्नु पर्दछ ताकि यो देश सदियौँ सम्म जिबित रहन सकुस।
अहिले राजावादीहरुले हिन्दु धर्म र अखण्ड नेपालको मागलाई ढाल बनाएर सत्ता कब्जा गर्ने दाउँमा छन।त्यसलाई मलजल पुराउँने काम राजनीतिक दल खास गरेर कथित हिन्दुवादी र उन्का पिछलग्गुहरु सक्रियछन।
अहिले तमाम राजनीति शक्तिलाई बद्नाम गरेर प्रतिगामि शक्तिले छिमेकीको सहयोगमा सत्ता खोस्ने तैयारीमाछ।त्यसैको परिणाम पनि राजनीतिक दलहरुमा जनतालाई उक्साएर ब्यपक बिरोध गर्ने हिन्दु धर्मकोनाउँमा जनतालाई भम्रित पार्ने योजनाबद्धरुपमा लागेकाछन।
समयमै देशभक्त जनतान्त्रिक शक्तिहरुको एकता बाट यस्ता तमाम प्रतिगामि शडयन्त्रको भण्डाफोर्ड गर्दै जनतालाई सचेत र संगठित पार्ने प्रयात्न गर्नु पर्दछ।सदै भरी मेरो गरुको बाह्र टक्का भन्दै जुँवाको लडाईमा लाग्यौँ भने पछि पछुतो नहोला भन्न सिकिदैन।

चर्चामा

सम्बन्धित समाचार