शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनका अर्बपति व्यापारी ज्याक माले दुई महिनामा कसरी गुमाए १२ खर्ब ?

चीनका अर्बपति व्यापारी ज्याक माले दुई महिनामा कसरी गुमाए १२ खर्ब ?

  • आइतवार, पुस १९, २०७७
चीनका अर्बपति व्यापारी ज्याक माले दुई महिनामा कसरी गुमाए १२ खर्ब ?

चिनियाँ व्यापारी ज्याक माका लागि सन् २०२० का अन्तिम महिना सुखद रहेनन् ।

अलिबाबाका सह–संस्थापक ज्याक मालाई अक्टोबरको अन्त्यदेखि करिब ११ अर्ब डलरको झट्का लागेको छ । नेपाली मुद्रामा यो रकम १२ खर्ब रुपैयाँभन्दा बढी हो ।

अलीबाबा चीनको सबैभन्दा ठूला कम्पनीमध्ये एक हो ।

यो वर्ष ज्याक माको सम्पत्ति करिब ६१.७ अर्ब डलर पुगेको थियो र उनी एकपटक पुनः चीनका सर्वाधिक धनाढ्य व्यक्ति बन्ने सूची नजिक पुगेका थिए ।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार, यद्यपि, ज्याक माको कूल सम्पत्ति घटेर ५०.९ अर्ब डलरमा झरेको छ ।

यो सूचीमा उनलाई चौथो स्थानमा राखिएको छ ।

इतिहासको सबैभन्दा ठूलो आइपीओः

ज्याक माको समस्या त्यतिबेला सुरु भयो जब उनको सबैभन्दा ठूलो सम्झौतामध्येको एकमा समस्या पैदा भयो । ग्रुपो होर्मिगाको आइपीओ अन्तिम अवस्थामा रोकिँदा ज्याक मालाई ठूलो झट्का लागेको हो ।

नोभेम्बरको सुरुवातसम्म सबैकुरा ठिक थियो र यसलाई इतिहासको सबैभन्दा ठूलो आइपीओ बताइएको थियो । तर स्थिती ज्याक माले सोचेजस्तो भएन ।

लगानीकर्ता ग्रुपो होर्मिगा सिक्योरिटिजको हङ्गकङ र शांघाई स्टक एक्सचेन्जमा आउने आइपीओ खरिद गर्न प्रतिक्षा गरिरहेका थिए ।

यो आइपीओ करिब ३४.४ अर्ब डलरको थियो । तर अन्तिम समयमा चिनियाँ फाइनेन्सियल रेगुलेटर्सले यसमाथि प्रश्न उठाएपछि यो आइपीओ सार्वजनिक हुनु अघि नै रोक्नुपरेको थियो ।

केही विश्लेषकले यसलाई बेइजिङको एन्ट ग्रुपजस्ता विशाल समूह र ज्याक माको उन्नतिमा लगाम लगाउने कोसिसको रुपमा हेरिरहेका छन् ।

ज्याक माको बयानः

बीबीसीका सिंगापुर संवाददाता टिमोथी म्याकडोनल्डका अनुसार ज्याक माले धेरैजसो यस्तो बयान दिन्थे जसका कारण चीन असहज हुन्थ्यो र सायद यही कारणले सरकारले उनीमाथि लगाम लगाउन चाहन्थ्यो ।

एकपटक ज्याक माले चीनको सरकारी बैंकको आलोचना गरेका थिए र यसको तुलना यस्तो ‘कठपुतली पसल’ सँग गरेका थिए जोसँग कुनै सृजनात्मक आइडिया छैन ।

त्यतिबेला देखि नै ग्रुपो होर्मिगाका लागि स्थिती जटिल हुँदै गयो । ग्रुपो होर्मिगा एउटा यस्तो समूह हो जसको हालैका वर्षमा तगडा ग्रोथ भएको छ ।

डिजिटल फाइनेन्सः

आइपीओ निलम्बित गरिएपछि हङ्गकङ स्टक एक्सचेन्जले ग्रुपो होर्मिगाले सायद लिस्टिङको मानक र पारदर्शिताको आवश्यकतालाई पूरा गर्न नसकेको कारण यस्तो भएको हुनसक्ने बताएको छ ।

हङ्गकङ स्टक एक्सचेन्जका अनुसार डिजिटल फाइनेन्सको रेगुलेटरी माहौलमा भएको हालैको परिवर्तन पनि यसको अडचनको एउटा कारण हुनसक्छ ।

चिनियाँ कम्पनीबारे सल्लाह दिने कम्पनी मार्कक बन्र्सटीन एण्ड पिंचुकका निर्देशक ड्रयू बन्र्सटीन भन्छन्, ‘यो एक शानदार धन्धा थिया । तर मलाई लाग्छ चीनले यसमा कुनै सम्झौता गर्नेछ । उसले कुनै एक डीलका लागि आफ्नो फाइनेन्सियल सिस्टमलाई जोखिममा पार्न सक्दैन ।’

स्वच्छ प्रतिस्पर्धाको अभाव ?

केहि दिन अघि चीनको केन्द्रीय बैंकले ग्रुपो होर्मिगाको काम कारवाहीलाई पुनः व्यवस्थित गर्न आदेश दिएको थियो । उसलाई आफ्नो लोन, इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट सर्भिसेजलाई दुरुस्त गर्न अह्राइएको थियो ।

पिपल्स बैंक अफ चाइनाका डेप्युटी गभर्नर पेन गंगशेंगका अनुसार नियामक संस्थाले ग्रुप होर्मिगाको ‘खराब कर्पोरेट गभर्नेन्स’, केही नियमलाई पालना नगरिएको र गलत तरिकाले आफ्ना प्रतिस्पर्धीलाई जित्ने गतिविधिको विश्लेषण गरिरहेको छ ।

ग्रुपो होर्मिगाले एक बयानमा उसले एक ‘रेक्टिफिकेशन’ वर्किङ ग्रुपको स्थापना गर्ने र रेगुलेटरी आवश्यकता पूर्ण रुपमा लागू गर्ने बताएको छ ।

यद्यपि, केही विशेषज्ञले नियममा कडाईको नयाँ कानूनको उद्देश्य मालाई घेर्नु हो । जबकी अन्य केहीका अनुसार आर्थिक क्षेत्रमा सुधार चीन सरकारको एउटा लामो समयदेखिको नीतिगत लक्ष्य हो र यसको कुनै एक व्यापारी वा कम्पनीसँग कुनै लेनादेना छैन ।

चर्चामा

सम्बन्धित समाचार