शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

  • शनिबार, बैशाख ८, २०८१
चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।

एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीनभित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।

चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड हटाउन आदेश दिएको थियो । चीनको यो आदेशपछि पनि एप्पलले यस्तो कदम उठाएको हो । एप्पलले शुक्रबार नियाँ एप स्टोरबाट व्हाट्स एप र थ्रेड हटाउने जानकारी दिए पछि नयाँ तरंग उत्पन्न भएको छ ।

समाचार अनुसार चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो। तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन् । यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युब पनि चीनमा काम गरिरहेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार एप्पलले आफ्नो बयानमा भनेको छ, ‘चीनको साइबर स्पेस प्रशासनले एप स्टोरबाट ह्वाट्सएप र थ्रेडहरू हटाउन आदेश दिएको छ।’

यसबारे मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अर्कोतर्फ चीनको सरकारी विभागले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार